मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते पक्राउ परेका किरण प्रसाद बिसीलाई प्रहरीले पुनः नियन्त्रणमा लिई नेपालगञ्जतर्फ लगेको छ ।
जिल्ला अदालतमा राज्यविरुद्ध कसुर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिसीमाथि फागुन एक गते अभियोगपत्र दर्ता गरेको थियो ।
उक्त अभियोग पत्रमाथि सुनुवाई गर्दै जिल्ला अदालत सुर्खेतले फागुन २ गते बयान लिएको थियो भने फागुन ३ गते शनिबार विदा परेका कारण अदालतमा थप प्रक्रिया अघि बढेको थिएन ।
तर आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले विसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो ।
उनलाई चैत ३ गते अदालतमा उपस्थित हुन आदेशसमेत दिएको थियो । जिल्ला अदालतले धरौटीमा छोडन आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य जाँचको बहानामा प्रदेश अस्पताल लैजाने नाममा नेपालगञ्जतर्फ लगेको छ ।
‘हरेक हिरासतमा रहेका व्यक्तिलाई हामीले ल्याउँदा र छोडदा स्वास्थ्य चेकजाँच गर्ने कानूनी व्यवस्था छ,' प्रहरी निरिक्षक भरत शाहले जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रांगणमा भने, ‘हामी अब उहाँलाई स्वास्थ्य जाँच गराउँछौं र छोडछौं ।’
जिल्ला अदालतमा लोकान्तरसँग संक्षिप्त प्रतिक्रिया दिँदै बिसीले देशमा विधिको शासन लागु हुनुपर्ने बताएका थिए ।
‘नियम मानेर कानून मानेर म २३ दिन हिरासतमा बसेको छु,' उनले भनेका थिए, ‘सम्मानित अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको र आगामी चैत ३ गते अदालतमा उपस्थित हुन आदेश दिइसकेको बेला मलाई फेरि नियन्त्रणमा लैजाने प्रयास गरिएको छ । यो विधिको शासनविपरित हो ।’
आफूलाई अहिलेसम्म सम्मानित अदालतले निर्दोष सावित नगरेको बताउँदै जिल्ला अदालतले दिएको आदेश अनुसार २५ हजार धरौटी तिरीसकेको बताए । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ‘एसपी’ दिल्लीराज पन्तले उनलाई रिहा गरिसकेको गैरजिम्मेवार जवाफ दिए ।
‘उहाँलाई छोडिसकेको होला,' उनले भने, ‘म कार्यालयबाहिर भएका कारण मैले थप सूचना पाइन । के भएको रहेछ म बुझ्छु ।’
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...