×

NMB BANK
NIC ASIA

'यो जग्गा नेपाल सरकारको हो' भन्दै गाडियो साइनबोर्ड

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा नेपाल सरकारको हो ।

Muktinath Bank

केही व्यक्तिले भने उक्त जग्गा अतिक्रमण गरेर वषौँदेखि भोगचलन गर्दै आइरहेका थिए । आजदेखि भने त्यो जग्गा सरकारद्वारा संरक्षित बन्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गा नेपाल सरकारको हो भनेर आम सर्वसाधारणलाई बुझाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालकै उपस्थितिमा जग्गामा आज सरकारी ‘साइन बोर्ड’ गाडिएको छ ।


Advertisment
Nabil box
Kumari

‘यो जग्गा नेपाल सरकारको हो’, बोर्डमा उल्लेख छ । 'जग्गा एक त सरकारले भोगचलनमा ल्याउँछ, अर्काे बोर्ड हेर्ने बित्तिकै सरकारी जग्गा लेखेको देखेपछि भूमाफियाबाट सम्भावित खरिदबिक्री रोकिन्छ, त्यसैले अहिले सरकारले बोर्ड राख्ने अभियान थालेको हो,' मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने ।

Vianet communication
Laxmi Bank

आलोकनगरको जग्गाको भित्री भागमा घर बनाइएको र केही खुला भए पनि बाहिरबाट जस्तापाताले बारेर राखिएको थियो ।

साइन बोर्ड गाड्ने क्रममा स्थानीयवासीले स्वःस्फूर्तरूपमा उक्त बार भत्काएका थिए । जग्गामा केही पक्की संरचना बनाइएको र केही कच्ची टहरा निर्माण भएको पाइयो ।

कोटेश्वर बस्ने वसन्तबहादुर खड्का परिवारलाई भाडा तिरेर सरकारी जग्गामा बनेको भवन र टहरामा दर्जनौँ परिवार बसिरहेका भेटिए ।

तीन वर्षदेखि टहरोमा बस्ने रामबहादुर कार्कीले दुईदेखि चार हजारसम्म भाडा तिरेर यहाँ धेरै परिवार बसिरहेको बताए ।

उनीहरुले सरकारी जग्गा भन्ने थाहा नपाएको प्रतिक्रिया दिएका छन् । यहाँ जुत्ता कारखानादेखि रेष्टुरेन्टसमेत सञ्चालनमा छ । साइन बोर्ड गाडेपछि जग्गा आफ्नो हो भन्दै केही व्यक्तिहरु आइपुगेका थिए ।

उनीहरुले मन्त्रीकै उपस्थितिमा बोर्ड उखेल्ने प्रयाससमेत गरे । प्रहरीले उनीहरुको प्रयास सफल हुन दिएन । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बोर्ड गाड्न नपाउने उनीहरुको जिकिर थियो ।

संक्षिप्तमा प्रतिक्रिया दिँदै मन्त्री अर्यालले भनिन्, 'यो सरकारी जग्गा हो, व्यक्तिले दाबी गरेर हुँदैन ।'

व्यक्तिको भन्ने लाग्छ भने प्रमाण पेश गरेर निवेदन दिन मन्त्री अर्यालले चुनौती दिइन् ।

कोटेश्वर बस्ने वसन्तबहादुर खड्काले बुबा तेजबहादुर खड्काको नामको जग्गा भएको दाबी गएका छन् ।

आफ्नो परिवारको झण्डै १७ रोपनी जग्गा रहेको बताउने खड्काले आफूसहित दाजुभाइ शङ्करबहादुर, जीतबहादुर र कृष्णबहादुर खड्काको नाममा जग्गा रहेको दाबी गरे ।

वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारको नामको जग्गा भूमाफियाले आफ्नो नाममा बनाएको दाबी गरे ।

खड्का परिवारको दाबी अस्वीकार गर्दै भण्डारीले रासससँग भने, 'श्रेस्तामा सरकारी जग्गा हो भन्नेमा निर्विवाद छ, तत्कालीन रावल आयोगले यो क्षेत्रमा ५०० रोपनी सरकारी जग्गा देखाएको छ, कतिपय जग्गा बाटोमा परेको छ ।'

उनले भूमाफियाले जग्गा हडपेर पुर्जा देखाउँदैमा नहुने बताए ।

विसं २०४९ को रामबहादुर रावल नेतृत्वको आयोगले उक्त जग्गा पहिचान गरेको थियो । आयोगले उपत्यकाको खोलाका करिडोर क्षेत्रको अध्ययन गरेको थियो । खोला आसपास धेरै ठाउँमा जग्गा मिचेको ठहरसहित आयोगले सरकारलाई प्रतिवेदन दिएको थियो । अहिलेसम्म जग्गाको खोजी हुनसकेको थिएन ।

यसपटक भने सरकारले अयोगको प्रतिवेदन, पछिल्ला अध्ययन र सम्बन्धित मालपोत कार्यालयको अभिलेख भिडाउँदै भौतिकरुपमै सरकारी जग्गा संरक्षण थालेको हो ।

सरकारले अहिलेसम्म विभिन्न जिल्लामा २६४ बिघा जग्गा संरक्षण गरिसकेको जनाएको छ । कलङ्की, डिल्लीबजार र चावहिलको मालपोत कार्यालयले सरकारी जग्गाको अभिलेख तयार गरिरहेको छ ।

डिल्लीबजार कार्यालयले धेरै ठाउँको पहिचान गरिसकेकाले सरकारले भौतिकरूपमै जग्गा संरक्षण थालेको हो ।

मन्त्रालयको निर्देशनमा गत वर्ष नापी कार्यालय डिल्लीबजारले साविक वडा नं १८, २०, २१ र ३१ मा रहेको आठ ठाउँको सरकारी जग्गामा साइन बोर्ड गाडेको कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए ।

यसपटक भने मन्त्रालयले आफ्नै अग्रसरतामा साइन बोर्ड राख्न थालेको हो । मन्त्री अर्लालकै अगुवाइमा काम थालिएको प्रवक्ता जोशी बताउँछन् ।

सो क्रममा मन्त्री अर्यालले अब भूमाफियाले जग्गा हडप्न नसक्ने भन्दै सरकारले देशैभरि अतिक्रमण भएको जग्गा खोजी जारी राखेको बताइन् ।

उनले आफ्नै नेता/कार्यकर्ता भए पनि जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने चेतावनीसमेत दिएकी छिन् । 'जग्गा अतिक्रमणमा जसको नाम परे पनि बाँकी छाड्दैनौँ, आँखामा पट्टी बाँधेर काम गर्छौँ,' मन्त्री अर्यालले चेतावनीका साथ भनिन् ।

जग्गा अतिक्रमण गर्ने र सरकारी जग्गालाई आफ्नो नाममा पारेर हडप्नेविरुद्ध सरकार आक्रामकरूपमा लागेको यो पछिल्लो उदाहरण हो ।

आजमात्रै काठमाडौँका विभिन्न क्षेत्रको १५ रोपनी छ आना जग्गा संरक्षण गरिएको छ । यसअघि ललिता निवासको जग्गाको सवालमा विशिष्ट व्यक्तिसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै चलाइसकेको छ ।

यस्तै मातातीर्थको नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गाको समेत सरकारले छानबिन गरिरहेको छ । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने क्रममा समेत राज्यको सम्पत्ति संरक्षणमा सरकार अघि बढेको र निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुने बताएका थिए ।

अनामनगर र बानेश्वरमा पनि गाडियो साइन बोर्ड

मन्त्री अर्यालकै उपस्थितिमा आजै आलोकनगरसहित अन्य दुई ठाउँमा पनि सरकारी साइन बोर्ड गाडेर सरकारी जग्ग्गा संरक्षण भएको घोषणा गरिएको छ ।

बानेश्वरस्थित वडा नं १० सँगै रहेको चार रोपनी र अनामनगरस्थित वडा नं २९ को १४ आना जग्गा सरकारी संरक्षणमा आएको औपचारिकरूपमा घोषणा गरिएको हो ।

अनामनगरमा भने जग्गा पार्किङका लागि प्रयोग भएको पाइएको छ । अनामनगरस्थित ओसिडेन्टल स्कूलले समेत सरकारी जग्गा अतिक्रमण गरेको पाइएको वडा कार्यालयले जनाएको छ ।

अनामनगर क्षेत्रमा मात्रै २३ रोपनी सरकारी जग्गा रहेको भन्दै त्यसको खोजी गर्न स्थानीयवासीले मन्त्री अर्यालसँग माग गरेका छन् ।

मन्त्री अर्यालले जग्गा संरक्षणमा सरकार कठोर रहेकाले अभियान नरोकिने विश्वास दिलाउनुभएको छ । उहाँले सरकारलाई साथ दिन सर्वसाधारणलाई अपिलसमेत गरेकी छिन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x