क्वारेन्टाइनमा रहेकाको ‘स्वास्थ्य जाँच’ का लागि ‘अलर्ट’ मा सेना

चीनको वुहानबाट आइतबार बिहान काठमाडौँ ल्याइएका १ सय ७५ जना नेपाली भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा छन्।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ। त्यसका लागि स्वास्थ्य टोली २४ घण्टाका लागि खटिएका छन्।


Advertisement

क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य अवस्थाको चेकजाँच तथा आवश्यक परेमा अस्पताल पुर्‍याउन सेनाका चिकित्सकसहितको टोली पनि खटिएको छ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गराई बसमा राखेर खरिपाटीस्थित क्वारेन्टाइन पुर्‍याइएको थियो।


Advertisement

नेपालीहरुलाई चीनबाट ल्याउन नेपाली सेनाका डाक्टर विकल श्रेष्ठसहितको सेनाको टोली पनि खटिएको थियो। जसमा सेनाका तर्फबाट एक जना स्टाफ नर्स र अन्य २ जना थिए।

नेपाली सेनाले जनाए अनुसार अहिले ती नेपालीहरुको खाना, मेडिकल र सुरक्षाको जिम्मा सेनाले लिएको छ। क्वारेन्टाइनमा रहेकाहरुको घाँटी, नाकसँगै रगत जाँच गरिएको छ।

स्वास्थ्य जाँच टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको थियो। त्यसैगरी, सेनाले क्वारेन्टाइनमा रहेकाहरुका लागि भनेर एम्बुलेन्स पनि अलर्ट राखेको छ।

आवश्यक परेमा ट्रपिकल अस्पतालसहित पाटन अस्पताल र सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिने जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म उनीहरुमा कुनै संक्रमण देखिएको छैन।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्