×

NMB BANK
NIC ASIA

कोरोना कहर : खरिपाटीमा व्यवस्थापन सोचेभन्दा राम्रो, आफन्त आउँदा खुसी

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा रहेकी डा. सलिमा कक्षपति यतिखेर धेरै खुसी छिन्। चीनमा बन्धकझैं बसिरहेकी उनलाई कहिले नेपाल जाऊँजस्तो लागेको थियो ।

Muktinath Bank

चीनमा हुँदा खाना, पानी, मास्क, स्यानेटरीजस्ता सामग्रीको अभाव अनि बसेको ठाउँदेखि दायाँबायाँ गर्नै नहुने स्थिति थियो । नेपालमा आफन्तले बारम्बार फोन गर्दा उनलाई खल्लो महसुस हुन्थ्यो । कहिले सरकारले नेपाल लैजान्छ र ढुक्क हुन्छ भन्ने भइरहेको थियो । चीनमा हजाराैं व्यक्ति कोरोना भाइरस सङ्क्रमित भइरहँदा त्यहाँ रहेका नेपालीलाई पनि भाइरस सर्दैन भन्न सकिँदैनथ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोचेभन्दा बढी सुविधा र व्यवस्थापन
भक्तपुरस्थित खरिपाटीमाआइसकेपछि उनले सोचेभन्दा पनि राम्रो व्यवस्थापन पाउनुभयो । बस्न, खानदेखि इन्टरनेटको सुविधासमेत छ । उनलाई कतिपय नेपालीले सामाजिक सञ्जालतिर चीनबाट ल्याउने नेपालीहरू कोरोना भाइरस (कोभिड नाइन्टिन) सङ्क्रमित हुन्, यिनीहरूलाई नेपाल ल्याउनै हुँदैन भनेर अफवाह फैलाएकोप्रति दुःख लागेको छ । आफूहरूबाट सङ्क्रमणको जोखिम नरहेकाले चीनबाट नेपाल ल्याइएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

नेपाल आउनुअघि चीनको विमानस्थलदेखि नेपालसम्म पटक पटक स्वास्थ्य परीक्षण गर्दा कुनै पनि लक्षण नदेखिएकाले आफूहरू सामान्य रहेको कक्षपतिको भनाइ छ । यस्तै चीनबाट नेपाल आउनुभएकी श्रद्धा श्रेष्ठले पनि सरकारले खान, बस्नदेखि अन्य सुविधा सोचेभन्दा धेरै राम्रो गरेको बताए। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै नेपाल आएकाले आफूहरूलाई ‘कोभिड नाइन्टिन’को भाइरस नभएको र अरूलाई सर्न सक्ने सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । उनले क्वारेन्टाइनमा रहँदा ज्वरो, रुघाखोकी देखिए तत्काल परीक्षण हुने र आइसोलेसनमा राखिने व्यवस्था सरकारले मिलाएकाले कसैलाई पनि नआत्तिन आग्रह गरिन्।

Vianet communication
Laxmi Bank

खकारको नमुना परीक्षण सम्पन्न
कोरोना भाइरस प्रभावित चीनबाट नेपाल ल्याइएका १७५ जनाको खकारको (थ्रोट स्वाब) स्याम्पल लिई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । कोरोना भाइरस भए नभएको रिपोर्ट भने बुधबार मात्र आउने छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले चीनबाट ल्याइएका नेपालीको खकार नमुना परीक्षणका लागि प्रयोगशालामा ल्याइसकेको जानकारी दिए। डा. झाले ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने भएकाले चार दिनसम्म लागेको जानकारी दिए। डा. झाका अनुसार क्वारेन्टाइनमा बस्ने नेपालीको नमुना परीक्षण गरिसकेपछि १४ दिनपछि पुनः नमुना परीक्षण गर्नुपर्छ । १४ दिनपछि पुनः उनीहरूको परीक्षण गर्नुपर्ने भएकाले चीनबाट ल्याइएका नेपाली १७ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्छ ।

कोरोना भाइरसको केन्द्रबिन्दु तथा सबैभन्दा बढी प्रभावित चीनको बुहानमा रहेका नेपाली लिएर आइतबार बिहान ३ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको विमान अवतरण गरेको थियो । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दासमेत १७५ जनामा कुनै समस्या नदेखिएपछि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको थियो । चीनबाट नेपाल आउने १८० जना नेपालीले राजदूतावासमा निवेदन दिएकामा छ जनामा स्क्रिनिङका क्रममा ज्वरो देखिएपछि उनीहरू उतै रोकिएका थिए ।

आफन्त आउँदा खुसी
चितवनकी विमला श्रेष्ठलाई चीनमा रहेको छोरा कहिले आउँछ भन्ने लागेको थियो । “चीनमा कोरोना भाइरसको त्रासदी फैलिएसँगै छोराको उद्धार गरिदिन धेरै ठाउँ धाएकी थिएँ”, श्रेष्ठले भन्नुभयो, “शनिबार रातभरि नसुतीकनै बसेँ । ” श्रेष्ठले काठमाडौँ आउनासाथ छोराले मेसेन्जरमा फोन गरेर म आएँ आमा भन्दा त्यो क्षणको जति खुसी कहिल्यै नभएको अनुभव सुनाउनुभयो । “छोराको फोन आयो । म त आत्तिएछु, फोन उठाउन पनि अलमलमा परेँ”, उनले भने।

सेनाका चिकित्सकको नेतृत्व
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपाली सेनाका चिकित्सक नवीन फुयाँलको नेतृत्वमा क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरू खटिएको जानकारी दिए। उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटीले थप ५० जना स्वास्थ्यकर्मीलाई तालिम दिएर क्वारेन्टाइनमा खटाउन लागेको जानकारी दिए। सहप्रवक्ता दाहालका अनुसार आइतबार नै तालिम दिई स्वास्थ्यकर्मीलाई खटाइएको छ । १७५ जनालाई छुट्टाछुट्टै थर्मामिटर दिइएको छ । दिनको दुई पटक आफूले आफ्नै तापक्रम नाप्नुपर्छ । त्यहाँ रजिस्टर पनि राखिएको छ । उक्त रजिस्टरमा उनीहरूले आफ्नो तापक्रम उल्लेख गर्नुपर्छ । तापक्रम बढेको खण्डमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्छ ।

सरकारको उल्लेखनीय कदम
नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरस देखा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरुद्ध लाग्न र सावधानी अपनाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएसँगै तत्काल सरकारले ४३ शøयाको आइसोलेसन वार्ड तयारी गरेको थियो । त्यही बेलादेखि नै क्वारेन्टाइनका लागि आवश्यक तयारी भइरहेको थियो । सरकारले चीनबाट नेपालीलाई उद्धार गरेर ल्याएपछि चीनमा फसेका नेपाली, उनीहरूका अभिभावक र आमसर्वसाधारणले सरकारको प्रशंसा गरेका छन् ।

नागरिकलाई पहिलो पटक क्वारेन्टाइन
नेपालमा यति धेरै सङ्ख्यामा उद्धार गरी क्वारेन्टाइनमा राखिएको यो पहिलो घटना हो । योभन्दा पहिले केही सङ्ख्यामा नेपाली सेना तथा नेपाल प्रहरीलाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । सरकारले यसअघि चीनको हुबेईमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउने तयारी गरे पनि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुन गएको हो ।
क्वारेन्टाइनमा ६० वटा कोठामा १९९ बेड राखिएको छ । एउटा कोठामा उचित दूरीको फरकमा एकदेखि तीन जनासम्मको सामूहिक बसोबासको व्यवस्था छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x