×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनमा चीनबाट आएका नेपाली : स्यान्डविच र दालभात खान्छन्...

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा १४ देखि १६ दिनसम्म राखिने भएको छ ।

Muktinath Bank

नेपाल वायुसेवा निगमको विशेष विमानबाट आइतवार बिहान करिब ३३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १७५ जनालाई करिब दुई घण्टासम्म स्वास्थ्य परीक्षणलगायतका विभिन्न औपचारिकता पूरा गरेपछि खरिपाटी लगिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सबै जना पूर्ण स्वस्थ छन्, कुनै असामान्य लक्षण देखिएको छैन,' स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसम्पादन केन्द्रका प्रमुख सांगर दाहालले भने, 'क्वारेन्टाइनमा चौबीसै घण्टा एक चिकित्सक, दुई पारामेडिक्स र एक नर्सको टोली रहन्छ। '


Advertisment
Nabil box
Kumari

उनका अनुसार क्वारेन्टाइनमा बसेकाहरूको शरीरको तापक्रम हरेक दिन परीक्षण गरिन्छ । क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड र इन्टरनेसनल हेल्थ रेगुलेसन २००५ ले तोकेको प्रावधानअनुसारको व्यवस्था गरिएको
छ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्वर प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीको छट्टाछट्टै टिम त्यहाँ खटिएको छ । 'हामीले सोचेभन्दा धेरै राम्रो पायौं, चीनको बुहानस्थित वाजोड कृषि विश्वविद्यालयमा प्लान्ट प्याथोलोजीमा स्नातकोत्तर गरिरहेका सौरभ लुईंटेलले फोनमा भने, 'अहिले सबै ठीक छ, यहाँ बसुन्जेल, यस्तै अवस्था हुनुपर्यो।'

हरेक कोठामा तीन जना वा परिवारको भए दुई जनासम्म राखिएको उनले बताए। क्वारेन्टाइन स्थलमा करिब ६० वटा कोठा छन्। ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको छ।

उनीहरूलाई आइतवार बिहान खाजामा चना, स्यान्डविच, अन्डालगायत दिइयो भने खानामा भात, दाल, दुईथरी तरकारी, अचार र साग खुवाइएको छ।

खाना 'ठीके' रहेको लुइंटेलले बताए । उनका अनुसार माइकबाट बोलाएपछि खाना-खाजा राखिएको ठाउँबाट आफैले ल्याउनुपर्छ । कुनै बाहिरी व्यक्तिको सम्पर्कमा नआउन भनिएको छ । खाजा खाएपछि आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले १७५ जनाकै र्‍यालको नमुना संकलन गरेको थियो ।

यो नमुनाको पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणबाट कोरोना संक्रमण रहे, नरहेको निर्क्योल गरिनेछ । परीक्षणको नतिजा आगामी बुधबारसम्म आउनेछ । दुई सातापछि फेरि यस्तै परीक्षण गरिनेछ।

क्वारेन्टाइनमा मनोरव्जनका लागि हरेक तलामा टेलिभिजन राखिएको छ, । क्यारमबोर्ड, लुँडो आदिको व्यवस्था गरिएको छ भने व्याडमिन्टनको दुईवटा कोर्टसमेत बनाइएको छ।

इन्टरनेटको व्यवस्था भए पनि त्यो नाम मात्रको रहेको लुईटेलले बताए। 'इन्टरनेट चल्दै चल्दैन, धेरे जनाले चलाएर हो कि' उनले भने ।

क्वारेन्टाइनमा पानी, मास्क, ह्यान्ड स्यानिटाइजर, औषधिलगायत आवश्यक सामग्री उपलब्ध छ। कसैमा शंकास्पद लक्षण देखिए थप परीक्षण र उपचारका लागि आइसोलेसन सुविधा भएका अस्पताल पठाइने आपतकालीन कार्यसम्पादन केन्द्रका प्रमुख दाहालले जानकारी दिए। कान्तिपुर दैनिकमा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x