×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सरकार ढाल्ने षड्यन्त्र भयो–प्रधानमन्त्री, एमसीसी मात्रै होइन, सम्झौता त अरू पनि रैछन् - भीम रावल

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गृहजिल्लाबाट प्रम ओलीले भने, 'विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भयो'
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक २ वर्ष पुगेको अवसरमा शनिबार संसदलाई सम्बोधन गरे।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभामा सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा मात्र गरेनन् ‘सरकार २ वर्ष टिक्नु पनि उपलब्धीका रुपमा हेर्नुपर्ने बताए। उनले भनेका थिए, ‘एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि उपलब्धीको रुपमा लिनुपर्ने रहेछ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संसदमा सम्बोधन गरेको भोलिपल्ट गृहजिल्ला झापा पुगेका प्रम ओलीले गरेको सम्बोधन चर्चाको विषय बनेको छ।


Advertisment
Nabil box
Kumari

ओलीको नेतृत्वमा ५ वर्षका लागि सरकार गठन भएको थियो। तर उनले झापाको दमकमा भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको’ छ।

Vianet communication
Laxmi Bank

कसले षडयन्त्र ग-यो भनेर नखुलाएका प्रम ओलीले भने, ‘सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन्। मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी छ। '
 

एमसीसी मात्रै होइन, सम्झौता त अरू पनि रैछन् - भीम रावल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलका सदस्य भीम रावलले एमसीसी मात्र नभएर दर्जन अरू सम्झौता रहेको खुलासा गरेका छन् ।

आइतवार कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले अन्य सम्झौताको पनि अध्ययन हुँदै गरेको बताए ।

'संसदमा प्रस्तुत भएको त एउटा मात्र रैछ, अरू त एक दर्जन सम्झौता भइसकेको रहेछ,' रावलले भने, 'हामीले सबै सम्झौताको अधययन गरिरहेका छौं । प्रतिवेदनमा सबै समेटेर सार्वजनिक गर्छौं ।'

नेता रावलले अध्ययन कार्यदलले निष्कर्ष नदिने बेलासम्म कोही कसैले यसबारेमा बोल्न उपयुक्त नहुने बताए ।

कार्यदलले काम गरिरहेकै बेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जसरी पनि पारित हुने वक्तव्य बारम्बार दिने गरेका छन् ।

रावलले प्रधानमन्त्री ओलीले बारम्बार एमसीसीका बारेमा गरेका टिप्पणी केन्द्रीय कमिटीको निर्णय विरुद्ध रहेको आरोप लगाए ।  

'कार्यादेश भन्दा फरक किसिमले अभिव्यक्ति दियो भने केन्द्रीय कमिटीलाई सम्मान गरेको हुँदैन,' रावलले भने, 'कार्यदलले अध्ययन पूरा नगरीकन निष्कर्ष सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई दिएको छैन ।'

कार्यदलको विपक्षमा कसैले बोलेदेखि त्यो केन्द्रीय कमिटीको निर्णय विपरित हुने उनले बताए ।

गत माघ १९ गते सम्पन्न भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली सदस्य छन् ।

कार्यदललाई एमसीसी अध्ययन गरेर सुझाव प्रतिवेदन तयार गर्न १० दिनको म्याद दिइएको थियो । १० दिनभित्र कार्यदलले प्रतिवेदन तयार गर्न नसकेपछि पहिलोपटक फागुन १ गते १० दिनको म्याद थपिएको हो ।

कार्यकर्तालाई प्रचण्डले भने – कोहीलाई रिस उठ्ने, छोडेर हिँडुम् भन्ने पनि हुन सक्छ !


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताएका छन् ।

समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको बताउँदै उनले यहीँ कामको प्रचारका लागि सबै प्रदेशमा प्रशिक्षणका कार्यक्रम राखिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संगठन कमिटी ५ नम्बर प्रदेशले कोहलपुरमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले आलोपालोले जनतामा कन्फ्यूज गराएकाले त्यसलाई त्यागेर अहिले एकताबद्ध भएर अगाडि बढेको बताए ।

‘बडो सुझबुझको साथ, धैर्यताका साथ सर्वसम्मतबाट निर्णय गरेर अघि बढेका छौं,’ उनले भने, ‘पार्टी एकता टुंगियो । केही बाँकी रहलपहल होला । महासचिवसँग बसेर टुंगिन्छ ।’

प्रचण्डले राजनीति एकतालाई सांगठनिक एकता र भावनात्मक एकता बनाउनुपर्ने बताए । ‘कोही कोहीलाई झमेला लाग्न सक्छ, रिस उठ्ने, छोडेर हिँडुम भन्ने पनि हुन सक्छ तर हामीले के सोच्नुपर्‍यो भने सामाजिक, भावनात्मक, वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्छ,’ उनले भने ।

प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै पार्टी एकताको सन्देश, सरकारका राम्रो काम जनताको माझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिइएको छ । १२ जिल्लाका ३ हजार अगुवा पार्टीलाई प्रशिक्षण दिइएको छ ।

महराको मुद्दामा बहस सकियो, आदेशको पर्खाइ

पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा भइरहेको सुनुवाइमा दुवै पक्षका वकिलको बहस सकिएपछि आजै फैसला आउने सम्भावना प्रबल छ ।

महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, डा. भीमार्जुन आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा र डा. दीनमणि पोखरेलले बहस गरेका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।

महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : ‘शंकास्पद ६ नेपाली चीनमै उच्च स्वास्थ्य निगरानीमा’

चीनको कोरोना प्रभावित हुबेइ प्रदेशबाट नेपालीलाई उद्धार गरेर ल्याउने क्रममा शंकास्पद देखिएका ६ जनालाई चीनमा सुरक्षित तवरले उच्च स्वास्थ्य निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलमा पुगेका १८१ जनामध्ये ६ जनामा शंकास्पद लक्षण देखिएकाले १७५ जनालाई सुरक्षित तवरबाट काठमाडौं ल्याइएको जनाएका छन् ।

मन्त्रालयका अनुसार चीनमै रोकिएका ६ जनामध्ये ४ जना पुरुष र २ जना महिला रहेका छन् भने नेपाल फर्काइएका १७५ जनामध्ये १३५ जना पुरुष र ४० जना महिला रहेका छन् ।

‘चीनको उहानदेखि काठमाडौंसम्मको यात्राको क्रममा कुनै पनि यात्रुहरूलाई स्वास्थ्य समस्या नदेखिएको एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपश्चात गरिएको स्वास्थ्य परीषणमा कुनै पनि नागरिकलाई स्वास्थ्य समस्या नदेखिएकोले सबै जनालाई सुरक्षित तवरले भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन गृहमा राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

क्वारेन्टाइनमा राखिएका १७५ जनाको घाँटीको स्वाव नमूना संकलन भइसकेको र शंकास्पद लक्षण देखिएमा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

ललितपुरका पूर्वमेयर शाक्यको निधन

नेपाल नगरपालिका संघका संस्थापक अध्यक्ष एवं ललितपुरका पूर्वमेयर वेखारत्न शाक्यको निधन भएको छ ।

शाक्यको ८९ वर्षको उमेरमा आइतवार झम्सिखेलस्थित निवासमा निधन भएको हो ।

गणेशमानसिंह अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य समेत रहेका शाक्यको निधनप्रति कांग्रेस नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशी तथा उदय शमशेर राणाले शाक्यको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबूकमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खरिपाटी ‘क्वारेन्टाइन' : चिया, अण्डा, चना र पाउरोटी खाजापछि खकार र घाँटी परीक्षण

चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीलाई राखिएको भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरीपाटीस्थित क्वारेन्टाइनमा बिहानको खाजामा चिया, अण्डा, चना र पाउरोटी दिइएको छ ।

आइतवार बिहान काठमाडौं पुर्‍याइएका नेपालीलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो । 

सरकारले बिहानको खाजामा चिया, पाउरोटी, चना र अण्डा दिएको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले लोकान्तरलाई जानकारी दिए ।

‘बिहान लगभग ९ बजेतिर ब्रेकफास्ट खाएका थियौं । चिया, पाउरोटी, चना र अण्डा खाएका थियौं,’ उनले आइतवार दिउँसो भने ।

खाजापछि सबैको खकार, घाँटी लगायतको परीक्षण गरिएको छ । शुक्रराज ट्रपिकल सेन्टर टेकुबाट आएका डाक्टरले नमूना संकलन गरेको ती विद्यार्थीले लोकान्तरलाई बताए ।

‘टेकुबाट डाक्टर आउनुभएको थियो । घाँटी, खकार, ज्वरोहरू परीक्षण गर्नुभयो । अहिले लगभग सबै जनाको परीक्षण सकिएको छ,’ ती विद्यार्थीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x