×

NMB BANK
NIC ASIA

एमसीसी अनुमोदन अब सभामुखको हातमा, नेकपा कार्यदल पंगु !

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा महिनौं लामो विवादको विषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) निरूपणको जिम्मा पार्टीबाट ‘वाक ओभर’ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै संसद्लाई सुम्पिए ।

Muktinath Bank

एमसीसीबारे निर्णय लिन नेकपाले गठन गरेको कार्यदल अलमलमा परेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्षले सभामुखले निर्णयार्थ पेश गर्नेबित्तिकै एमसीसी सम्झौता अनुमोदन हुने स्पष्टीकरण दिएर कार्यदलको औचित्यमाथि नै प्रश्न उठाइदिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनपछि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सभामुखले निर्णयार्थ पेश गर्नेबित्तिकै एमसीसी पास हुने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेता झलनाथ खनाल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

Vianet communication
Laxmi Bank

कार्यदलले १० दिनको म्याद गुजारेपनि एमसीसीका सम्बन्धमा ठोस सुझाव पार्टीलाई दिन सकेको छैन ।

‘एमसीसीबारे पार्टीहरूलाई बुझ्न समय लाग्ला, तर सरकारले अनुमोदनका लागि यसलाई संसदमा ल्याएको छ, सभामुखले निर्णयार्थ पेश गर्नेबित्तिकै पास हुन्छ,’ ओलीले भनेका थिए ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्की अर्थमन्त्री रहेको समयमा २०७४ भदौ २९ गते एमसीसीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

‘सभामुखले निर्णयार्थ पेश गर्दाबित्तिकै पास हुन्छ भन्नुको अर्थ सरकार सहमत छ, संसद्ले अगाडि बढाओस् भन्ने हो,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे एमसीसी संसद्को प्राथमिक एजेन्डामा रहेकाले कुनैपनि बेला कार्यसूचीमा प्रवेश गर्न सक्ने बताउँछन् ।

‘गत असार ३० गते दर्ता भएर ३१ गते सदस्यहरूलाई वितरण गरिसकिएको छ, संसद्को प्राथमिक एजेन्डा भएकाले कुनैपनि बेला बैठकको कार्यसूचीमा आउँछ,’ पाण्डेले लोकान्तरसँग भने । 

यही मितिमा पेश गर्ने भन्ने टुंगो नलागे पनि संसद्को चालू हिउँदे अधिवेशवमा यो अनुमोदन हुने सचिवालयका अर्का एक अधिकारीले बताए । 

छैन संशोधनको सम्भावना

सरकारले अनुमोदनका लागि प्रतिनिधि सभामा दर्ता गराएको एमसीसी सम्झौतामा आरक्षण नराखिएका कारण यसमाथि संशोधनको सम्भावना नहुने जानकारहरू बताउँछन् । नेकपाभित्र पूर्व माओवादी खेमाका नेताहरू एमसीसी संशोधनसहित पारित गर्नुपर्ने पक्षमा छन् ।

‘आरक्षण (यहाँ आरक्षण भन्नाले यो दफा नेपालको कानून अनुसार राख्न नमिल्ने भनेर थपिएको वाक्य) राखेको भए सदनमा संशोधन र छलफल हुन्थ्यो,’ सचिवालयका ती अधिकारीले भने, ‘आरक्षण नभएका कारण संशोधनको सम्भावना छैन ।’ 

एमसीसीलाई संशोधनसहित पारित गर्ने नीति लिएमा संसद्मा विचाराधीन प्रस्ताव फिर्ता लगेर पुनः नयाँ प्रस्ताव ल्याउनुपर्ने हुन्छ । 

ह्वीप उल्लंघन गर्ने या लुरूलुरू पारित गर्नुको विकल्प रहने छैन । ‘एमसीसी पारित हुनेमा शुरूदेखि नै शंका थिएन, पार्टीभित्र विरोधका स्वर सुनिएकाले फेस सेभिङका लागि मात्र कार्यदल गठन गरिएको हो,’ नेकपाका एक स्थायी समिति सदस्यले भने । 

नेकपाभित्र एमसीसीको बारेमा चर्को बहस गर्दै आएका नेकपा स्थायी समिति सदस्य भीम रावल केन्द्रीय समितिले गरेको निर्णयविरुद्ध बोल्ने अधिकार शीर्ष नेतालाई नभएको दाबी गर्छन् ।

‘केन्द्रीय समितिले गठन गरेको कार्यदलले प्रतिवेदन नदिँदै एमसीसी अनुमोदन हुन्छ भन्ने अधिकार कसले दियो ?’ आइतवार बसेको कार्यदलको बैठकपछि रावलले प्रश्न गरे ।

एमसीसीको कार्यान्वयन जलविद्युत् सामर्थ्य उपयोगमा कोशेढुंगा !

संसद्बाट प्रधानमन्त्री ओलीले एमसीसी कार्यान्वयनमार्फत अन्तरदेशीय प्रशारण लाइन निर्माणपछि नेपालको जलविद्युत् सामर्थ्य उपयोगमा कोशेढुङ्गा सावित हुने भन्दै विरोधका स्वरलाई मत्थर पार्ने प्रयास गरेका थिए ।

‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातमाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सबस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्त्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामर्थ्य उपयोगमा कोशेढुंगा हुनेछ,’ ओलीले शनिवार संसद् सम्बोधनमा भने, ‘अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको आयोजनाको महत्त्व र हैसियत प्राप्त गरेको छ । आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने निश्चित छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x