ब्राउन सगुरसहित एक जना पक्राउ

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाबाट ३ सय ग्राम ५ सय मिलीग्राम ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका ५ सरस्वती टोलका अमर विक पक्राउ परेका हुन्।


Advertisement

 ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्