कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की

स्टयान्ड-अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

हास्य कलाकारको सपना बोकेरै ४ वर्षअघि मोरङबाट काठमाडौँ पुगेकी उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए।


Advertisement

तर, उत्कृष्ट ४ मा पुग्न पाएनन्। अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन्।

सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो। उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन्।


Advertisement

अब उत्कष्ट ४ मा  विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर र  सुमन कोइराला पुगेका छन्।  

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्