×

NMB BANK
NIC ASIA

हिजो दिनभर : बलात्कार प्रयासको मुद्दामा महरा निर्दोष ठहर, तुम्बाहाम्फे कानूनमन्त्री

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अदालतबाट सफाइ पाएसँगै महराले भने-मुलुकको स्वाधीनताको रक्षा उच्च प्राथमिकतामा

Sagarmatha Cement
Muktinath Bank

अदालतबाट सफाइ पाएसँगै रिहा भएका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो  मुलुकको स्वाधीनता रक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौँले सोमबार रिहा गरेको थियो।


Advertisment
Nabil box
Kumari

रिहा भए पश्चात वक्तव्य जारी गर्दै महराले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’ नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहने उनले उल्लेख गरेका छन्।

Vianet communication
Laxmi Bank

महराले अन्ततः आफूमाथि लगाइएको आरोप गलत सावित भएको उल्लेख गर्दै भनेका छन्, ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

उनी ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन डिल्लीबजार कारागारमा बसेका थिए। 

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। 

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर २ रुपैयाँले मूल्य घटाएको हो। 

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भाउ घटाएसँगै अब पेट्रोल प्रतिलिटर १ सय ८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

बलात्कार प्रयासको मुद्दामा महरा निर्दोष ठहर

पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।

महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।
 

क्रिकेटमा नेपालको फड्को - युएई र अमेरिकालाई पछि पार्दै बरियतामा अगाडि

अन्तरराष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ ।

यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो ।

लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।

नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् ।

बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् ।

बलिङमा सन्दिप ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । यसअघि ७५औँ स्थानमा रहेका करन ७४औँ स्थानमा पुगेका छन् ।

यस्तै अलराउण्डरतर्फ पारस २७औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२औँ स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५औँ स्थानमा यथावत छन् ।

उपसभामुखबाट राजीनामा गरेको महिना दिनभित्रै तुम्बाहाम्फे कानूनमन्त्री

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेकी छिन् ।

सोमवार राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै तुम्बाहाम्फेलाई कानूनमन्त्री नियुक्त गरिएको जानकारी दिएका हुन् ।

'नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय डा. शिवमाया तुम्बाहाङफेज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकालज्यूले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

तुम्बाहाम्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उपसभामुखबाट राजीनामा दिएको महिना दिनमा उनी कानूनमन्त्री बन्ने भएकी हुन् ।  

गत असोजको दोस्रो साता यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुख पदमा सत्तारूढ नेकपाले नै दाबी गरेपछि उपसभामुख रहेकी तुम्बाहाम्फेले राजीनामा दिनुपरेको थियो ।  

आफूलाई नै सभामुख बनाइनुपर्ने तुम्बाहाम्फेको अडानलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले मानेका थिएनन् ।

उनलाई त्यतिबेलै मन्त्री बनाइने आश्वासन आएको थियो । सोही आश्वासनअनुसार तुम्बाहाम्फेलाई मन्त्री बनाइएको बालुवाटारनिकट स्रोतको दाबी छ ।

गत पुस ८ गते समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन बनेको थियो । त्यसपछि कानून मन्त्रालयसमेत हेर्ने गरी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको थियो ।

तुम्बाहाम्फेको सोम्वारै सपथ ग्रहण गर्ने व्यवस्था मिलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

बाँसुरी बजाएको देखे, विकास गरेको देखेनन् - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाएको समाचारमा आउने तर सरकारले गरेको कामका बारेमा कसैले नलेख्ने भन्दै सञ्चारमाध्यमहरूमाथि असन्तुष्टि पोखेका छन् ।

सोमवार काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजनाको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा कसै-कसैलाई पीर परेको टिप्पणी गरे ।

उनले भने, 'सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् ।

पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ ।

त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, 'यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।'

विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए ।

उहाँले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।

उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए ।

उनले एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।

उनले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरे ।

विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने ( ब्रेन गेन ) अभियान शुरु भएको बताए ।

अवकाश प्राप्त सीताराम हाछेथुसहित तीन सदस्यीय ट्राफिक सुधार समिति गठन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यबस्थापनका चलेका अभियान र कार्यक्रमले सडक अनुशासनमा थप सुधार भएको र आम सडक प्रयोगकर्ताहरुको सवारी आवागमनमा सहजता थपिएको दाबी गरेको छ ।

महाशाखाले संचालन गरेका ३ महिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा बिशेष कार्यक्रम, यात्रुमैत्री अभियान, बिशिष्टिकृत सचेतना कार्यक्रम, स्वंयमसेवक परिचालन साथै ट्राफिक लाईटको व्यवस्था, सिसिटिभी निगरानीमा तिव्रता समेतका कारणले ट्राफिक व्यबस्थापनमा सुधार हुदैँ गरेको आभाष भएको एक विज्ञप्तिमार्फत जनाएको हो ।

हाल भईरहेको सुधारलाई अझ प्रभावकारी वनाउन स्थलगत रूपमा अपरेसनल सुधार गर्नु पनि आवश्यक देखिएकोले विशेष गरेर रिङ्गरोडभित्रका बढी प्रेसर हुने स्थान र चोकहरूमा स्थलगत अध्ययन गरू सुझाव पेश गर्न महाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको संयोजकत्वमा प्रहरी निरीक्षक दामोदर सिलवाल र ट्राफिक प्रहरीमा लामो समय कार्यरत रहि अवकाश भएका प्रहरी निरीक्षक सिताराम हाछेथु गरि ३ सदस्य ट्राफिक सुधार सुझाव समिति गठन गरिएकोछ ।

यस समितिले बढी प्रेसर हुने विभिन्न स्थानहरूको स्थलगत अध्ययन गरी कुन कुन ठाँउमा राइट टर्न, यु टर्न, क्रसिङ निषेध गर्ने, कुन सडकलाई वन वे कायम गर्ने,  ट्राफिक कोन राखी जाम हटाउने, अव्यवस्थित पार्किङ्गहरु हटाउने, पिक एण्ड ड्रपलाई पुनराबलोकन गरी व्यबस्थापन गर्ने लगायतका अपरेशानल सुधारका विविध बिषयमा स्थलगत अध्ययन र सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेर सुझाब पेश गर्ने प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बताए ।

यसका साथै महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले समेत ट्राफिक व्यबस्थापन सुधार सम्बन्धी अल्पकालीन कार्ययोजना बमोजिमका कार्यहरुलाई पनि बिशेष प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x