×

NMB BANK
NIC ASIA

किताब खरिद र लाइब्रेरी व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दै प्रअविरुद्ध विशेष अदालतमा मुद्दा

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लाइब्रेरी व्यवस्थापन र किताब खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखाको सिराञ्चोक गाउँपालिका– १ स्थित नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

झूटो बिल भरपाई तथा कागजातहरू तयार गरी अनुदान शीर्षकको रकम रु. ६,५०,०००।– (छ लाख पचास हजार) हिनामिना गरेको स–प्रमाण पुष्टि भएको भन्दै सोही बराबरको रकम बिगो कायम गरी अख्तियारले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'बिगो रु. ६,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानीनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस्, अख्तियारको विज्ञप्ति :

Vianet communication
Laxmi Bank

प्रेस विज्ञप्ति: मिति २०७६।११।०६ गते ।
---------------------------------------------

गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान शीर्षकको रकम रु. ६,५०,०००।– (छ लाख पचास हजार) हिनामिना गरी खाई मासेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निज शिव कुमार साहलाई हानिनोक्सानीको बिगो रु. ६,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x