×

NMB BANK
NIC ASIA

पर्यटक बढाउन ‘चितुवा’

फागुन ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । 

Muktinath Bank

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ । उनका अनुसार करीब १ वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौं,’ उनले भने, ‘यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार ५ वर्षको ४० किलो तौलको चितुवा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको संख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए । चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

‘हामीले चितुवा त ल्यायौं तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ,’ उनले भने, ‘यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौं ।’

अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूर लगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताए । त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताए ।

अहिले पार्कमा घाइते तथा अलपत्र जंगली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ ।  उद्यानमा हाल २० वटा खरायो, ५ वटा गिनिपिक (मुसा खरायो), २ वटा राजहाँस, २ वटा टर्की, एउटा कछुवा, २ वटा हुईंचिल, एउटा चिल, एउटा दुम्सी,  २ वटा बाँदर र एउटा चित्तल रहेका छन् । 

यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको संख्या बढेका छन् । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेका छन् । यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भएपनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नम्बर ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x