×

NMB BANK
NIC ASIA

काठमाडौंमा मौन रहने तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला बेलाबेलामा आफ्नो गृहजिल्ला मोरङको विराटनगर पुगेर रणनीतिक महत्त्वका विषयमा बोल्ने गर्दथे । 

Muktinath Bank

कुनै ठूलो राजनीतिक घोषणा, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषय र तत्कालीन माओवादी जनयुद्धसँग सम्बन्धित विषयहरूमा कोइरालाको बोली काठमाडौंमा फुट्थेन । सञ्चारमाध्यमहरू व्यग्रताका साथ उनी विराटनगर कहिले जालान् भनेर प्रतीक्षा गर्ने गर्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाकै सिको गर्दै आइतवार आफ्नो गृहजिल्ला झापाको दमकमा पुगेर सरकार ढाल्ने चलखेल बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । नेकपाको बहुमतसहितको सरकारको बागडोर सम्हालेका ओलीले यसअघि सरकारलाई अप्ठेरो पार्ने कोशिश भएकोसम्म भन्ने गरेका थिए, तर 'सरकार ढाल्ने कोशिश'का बारेमा बोल्न उनले दमक नै रोजे । 


Advertisment
Nabil box
Kumari

सरकार ढाल्ने षड्यन्त्र कसले गर्‍यो भनेर नखुलाइकन ओलीले भने, ‘सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी छ ।'

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले सरकारलाई अलोकप्रिय बनाउन ठूलो शक्ति लागिरहेको आशयका साथ बेलाबेलामा वक्तव्य दिने गरेको भएपनि सरकार ढाल्ने प्रयास भइरहेको चाहिँ पहिलोपल्ट बताएका हुन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले पनि सोमवार बिहान एक रेडियोसँगको अन्तर्वार्तामा सरकार ढाल्ने खेल भइरहेको आरोप लगाए ।

'आन्तरिक र बाह्यरूपमा सरकार ढाल्ने खेल भइरहेको छ,' अन्तर्वार्ताका क्रममा भट्टराईले भने, 'कसले गरिरहेको छ, कसरी गरिरहेको छ त्यो अनुसन्धानकै क्रममा छ । नाम भन्न मिल्दैन, तर तपाईंहरूले पछि थाहा पाउनुहुनेछ ।'

ओली किन गए दमक ?

अस्वस्थताका कारण प्रधानमन्त्री ओली खासै बाहिरी कार्यक्रममा सहभागी भएका छैनन् । पार्टी र सरकारका कतिपय कामहरू ओलीले आफ्नो निवास बालुवाटारमै बसेर गर्ने गरेका छन् । नेता, उच्चपदस्थ र मन्त्रीहरूसँगको भेटघाटपनि प्रधानमन्त्री ओलीले बालुवाटारमै गर्ने गर्छन् । 

गत साता मदन भण्डारी फाउन्डेसनको कार्यालय गौशालामा भएको ओली समूहको भेलाले पार्टीमा ओलीको पोजिसन रक्षात्मक भएको निष्कर्ष निस्कियो । ओलीकै निर्देशनमा बसेको भेलामा ओली भने उपस्थित थिएनन् । 
पार्टीभित्र आफूहरूको स्थिति रक्षात्मक बन्दै गएको निष्कर्ष निकालेको उक्त भेलाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा मात्र सीमित नहुन सुझाव दियो ।

'पार्टीका अर्का अध्यक्ष (प्रचण्ड) देश दौडाहामा छन्, सरकारले गरेका कामहरूको सकारात्मक प्रचार गर्नुको सट्टा उल्टै जनता निराश छन् भन्दै हिँडेका छन्,' भेलामा सहभागी एक नेताले असन्तुष्टि पोख्दै भने, 'यस्तो अवस्थामा सरकारको प्रतिरक्षा गर्ने काम प्रधानमन्त्रीकै हो । उहाँ अहिले स्वस्थ हुनुहुन्छ । उहाँ पनि बालुवाटारबाट बाहिर निस्किनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।'

भेलामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस संगठनका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य राजेन्द्र गौतमलगायतका नेताहरू सहभागी थिए ।

यद्यपि गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले जीवित र मृत नेताहरूको नामबाट खोलिएका प्रतिष्ठानले पार्टीभित्र गुट–उपगुटको अभ्यास गरेको आरोप लगाएका थिए । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टीभित्रको पूर्वमाओवादी पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्न नचाहेको आरोप आफ्ना निकटस्थहरूसँग लगाउने गरेका छन् । 

मुख्यमन्त्री शंकर पोखरेलको त्यो आक्रोश 

गौशाला भेलामा सहभागी भएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतवार सामाजिक सञ्जाल फेसबूकमा अध्यक्ष प्रचण्डमाथि प्रहार गरे ।  

पोखरेलले लेखे, 'सबै आर्थिक सूचकमा नेपालले प्रगति गरेको देखिँदा पनि जनतामा असन्तुष्टि व्याप्त छ भन्दै प्रचार गर्दै हिँड्ने नेतृत्व र समृद्धिको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको व्यक्तित्व ओरालो लागेको देख्ने ठूला मिडियाहरू देख्दा यहाँ तथ्य र सत्यको होइन, बाह्य शक्तिकेन्द्रको स्वार्थमा आधारित प्रायोजित एजेन्डाको पैरवी गर्नेको बोलवाला बढ्दैछ भन्ने देखिन्छ ।' 

केही दिनअघि प्रचण्डले एक कार्यक्रममा जनतामा असन्तुष्टि व्याप्त रहेको वक्तव्य दिएका थिए ।

ओलीको दुईवर्षे कार्यकाल तथ्यांकमा मात्र सफल रहेको भन्दै कतिपय सञ्चारमाध्यमले लामा–लामा टिप्पणी गर्ने गरेकोप्रति पनि पोखरेलले आक्रोश व्यक्त गरेका हुन् । 

गौशाला भेलाले सरकारले गरेका कामहरूको बारेमा आक्रामक प्रचार गर्न ओली समूहका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।

पोखरेलको आक्रोशपूर्ण टिप्पणीले त्यसलाई पुष्टि गरेको छ । 

ओली सरकारको दुईवर्षे औसत कार्यकाल 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार दुई वर्षे कार्यकालमा अयोग्य, असफल र अधोगतितर्फ उन्मुख रहेको टिप्पणी गर्‍यो । 

आइतवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायकवादउन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई सरकार स्वयंले क्रमशः प्रतिकूल बनाएको टिप्पणी गरे ।

उनले सरकारलाई पास मार्क दिन पनि नसकिने बताएका थिए । त्यस्तै सञ्चारमाध्यमहरूले पनि सरकारको काम औसत रहेको टिप्पणी गरिरहेका छन् । 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, पुनर्निर्माणमा फड्को, सामाजिक सुरक्षा कार्यक्रम, पृथकतावादी राजनीति गर्नेलाई मूलधारमा ल्याउनु, छिमेकीसँग सन्तुलनको प्रयास, भूमि रक्षाका लागि आवाज, भेरी–बबई र मेलम्ची जस्ता ठूला राष्ट्रिय परियोजनामा सरकारले देखाएको तदारुकता यो सरकारका स्मरणयोग्य काम हुन् ।

तर शान्तिसुरक्षाको स्थिति, अनियन्त्रित महंगी, अनियन्त्रित धूलोधूँवा, अनियन्त्रित भ्रष्टाचार, विवादित विधेयक, व्यापारिक घरानासँगको सम्बन्ध लगायतका विषयले सरकारलाई विवादित बनाइरहेका छन् । 

पूर्वमाओवादी समूहका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'सरकारले काम नै नगरेको हामीले भनेका छैनौं । गरेका कामहरू गर्‍यौं भनेर जनतामा जानुपर्छ र नगरेको काममा आत्मालोचित हुन तयार हुनुपर्छ । यो–यो काम गर्न सकेनौं भनेर स्वीकार त गर्न सक्नुपर्‍यो नि !' 

नेकपा भ्रम मात्र हो त ?

राजनीतिशास्त्री प्राध्यापक डाक्टर कृष्ण खनालले सरकार ढाल्ने षड्यन्त्र भएको प्रधानमन्त्रीको कुरा साँचो भए नेकपा भनेको भ्रम मात्र हुने टिप्पणी गरे । 

मंगलवार लोकान्तरसँग कुरा गर्दै प्राध्यापक खनालले प्रश्न गरे, 'उहाँ (ओली)लाई के नपुगेको हो ? मलाई त उहाँ गम्भीर किसिमको मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको जस्तो लाग्न थालेको छ । पहिला–पहिला उखान टुक्का हान्ने रमाइलो गर्ने गर्नुहुन्थ्यो, अहिले त्यो शैली फेरिएको छ । उहाँको अभिव्यक्तिमा कुनै एकरूपता देखिँदैन ।'

प्राध्यापक खनालले आफ्ना कमजोरीहरू लुकाउन र मान्छेको दिमाग डाइभर्ट गर्न ओलीले यस्तो कुरा गर्ने गरेको आरोप लगाए ।

'सरकार कमजोर भइरहेको छ, डेलिभरी गर्न सकेन । त्यस्तो अवस्थामा यी सबै अभिव्यक्तिको कुनै तुक छैन,' प्राध्यापक खनालले भने, 'त्यो यदि सत्य हो भने गम्भीर विषय हो र नेकपा भ्रम मात्रै हो ।'
प्रधानमन्त्रीमा संसारमै कसैले गर्न नसकेको काम आफूले गरिरहेको भन्ने ठूलो भ्रम रहेको प्राध्यापक खनालको आरोप छ । 

'हिजो बाँसुरी बजाएको फोटो मात्र छाप्छन् भनेर मिडियामाथि टिप्पणी गर्नुभएको रहेछ,' उनले भने, 'उहाँलाई खासमा नपुगेको के हो ?'

दुई अध्यक्ष बसेर मिलाए भइहाल्यो नि, जनतालाई किन भय देखाउनु ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक बिग्रह समाधान गर्न नसक्नुको परिणाम रहेको प्रतिक्रिया दिए ।

'उहाँको पार्टी मिलाउन सक्नुहुन्न भने आम नागरिकलाई भनेर के गर्ने हो ?' लोकान्तरसँग कुरा गर्दै डाक्टर रिजालले भने, 'जनतालाई सरकार ढल्ने भय देखाउनुको कुनै तुक छैन । समस्या छ भने दुईजना बसेर मिलाए भइगयो । काम गर्न नसक्ने अनि जनतालाई चाहिँ सरकार ढाल्न खोज्यो भनेर भन्दिने ?' 

डा. रिजालले अहिलेको अवस्थामा कांग्रेसले सरकार ढाल्न चाहेर पनि ढाल्न नसक्ने स्पष्ट रहेको बताए । 

'सरकार ढल्यो भने त्यो नेकपाकै आन्तरिक कारणले ढल्ने हो,' उनले भने, 'नेकपा यदि दुईवटा पार्टी हो भने दुईवटा पार्टी हो भन्नुपर्‍यो । उहाँहरूको बिग्रहबाहेक अरू कारणले सरकार ढल्ने सम्भावना त छैन ।' 

प्रधानमन्त्रीको 'ब्ल्यांक फायर' 

वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर सरकार ढाल्न षड्यन्त्र भएको भन्ने प्रधानमन्त्रीको भनाइ 'ब्ल्यांक फायर' भएको टिप्पणी गर्छन् ।

सरकारले काम गर्न नसकेको विषयलाई विषयान्तर गर्ने खेल ओलीले खेलेको पिटरको प्रतिक्रिया छ ।

'फौजी युद्धमा दुश्मनको पोजिसन पत्ता लगाउन ब्ल्यांक फायर गर्ने गरिन्छ,' पिटरले भने, 'उहाँले भनेको कुरालाई लिएर आउने प्रतिक्रियाका आधारमा नयाँ कदम चाल्ने मनासय देखिन्छ । केही दिनयता उहाँ आतंकितजस्तो देखिनुभएको छ । दुश्मनले घेराउ गरेको जस्तो आभास भएको छ उहाँलाई ।' 

पिटरले जनतालाई भय देखाएर आफ्नो पक्षमा माहोल सिर्जना हुन्छ कि भन्ने प्रधानमन्त्रीलाई लागेको हुनसक्ने बताए । 

सरकार ढाल्ने षड्यन्त्र छर्लंग छ नि !

यता प्रधानमन्त्री ओली निकट मानिने नेता खगराज अधिकारी भने सरकार ढाल्ने षड्यन्त्र छर्लंग रहेको बताउँछन् । 

सरकार गठन हुँदाको दिनदेखि सरकारलाई नरुचाउनेहरू प्रशस्त भएको र तिनीहरूले सरकार ढालेर अस्थिरता पैदा गर्न खेल खेलिरहेको सबैले देखेको अधिकारीको जिकिर छ ।

'सरकारमाथि षड्यन्त्र भएको त सार्वजनिक नै छ नि !' अधिकारीले भने, 'सरकारलाई नरुचाउनेहरू सरकार गठन हुँदाको दिनदेखि ढाल्न खोजिरहेका छन् ।' 

उनले सरकारलाई पार्टीभित्रबाट जोखिम नरहेको बताए । 'सरकारलाई पार्टीभित्रबाट जोखिम छैन । पार्टीभित्र भयो भने पनि त उहाँबाहेक को आउन सक्छ र ?' अधिकारीले प्रश्न गरे । 

पार्टीमै सरकार नरुचाउनेहरू कोही भए संसदीय दलमा गएर आफ्ना कुरा राख्न अधिकारीले चुनौती दिए । 

उनले देश भीमसेन थापाको पालादेखि नै अस्थीर रहेको र सोही अस्थिरता देखाएर धेरैले राजनीतिक रोटी सेकाएको टिप्पणी गरे ।

'अस्थीरतामा खेल्नेहरूलाई यो सरकार मन परेको छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले अस्थीरता पैदा गर्न परेड खेलिरहेको कसले देखेको छैन र ?' अधिकारीले प्रश्न गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x