×

NMB BANK
NIC ASIA

ट्रम्पको गाडी आउँदा झुपडपट्टी लुकाउने भारत सरकारको निर्णय, दास मानसिकताको आरोप

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारत भ्रमणमा आउन लागेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई स्वागत गर्ने क्रममा उनको गाडी हिँड्ने रूटमा रहेका झुपडपट्टीलाई भारत सरकारले पर्खाल लगाएर लुकाउने निर्णय सार्वजनिक भएपछि शिवसेना पार्टीले त्यसको आलोचना गरेको छ । 

Muktinath Bank

बेलायती राजारानीहरूले उपनिवेशकालमा भारत भ्रमण गर्दा यस्तै किसिमको तयारी गर्ने गरिन्थ्यो र यो दास मानसिकता हो भनी शिवसेनाको पत्रिका सामनामा लेखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहमदाबादका अधिकारीहरूले स्थानीय झुपडपट्टी ट्रम्पले नदेखून् भनी पर्खाल लगाउने योजना बनाएका छन् । ट्रम्प र उनको टोली फागुन १२ गते अहमदाबाद पुग्नेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रोडशो गर्नेछन् र एक नयाँ क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

यसरी झुपडपट्टी लुकाउँदा अमेरिकाका राष्ट्रपतिलाई बादशाह जस्तो देखिने पत्रिकामा लेखिएको छ । 

Vianet communication
Laxmi Bank

सामनाको सम्पादकीयमा लेखिएको छ, ‘ट्रम्प अहमदाबादमा जम्मा तीन घन्टा बस्नेछन् तर पर्खाल बनाउन लगभग एक अर्ब भारु खर्च गरिँदैछ ।’

पत्रिकाले मोदीको दल भाजपामाथि पनि व्यंग्य कस्दै इन्दिरा गान्धीको गरीबी हटाओ नारालाई गरीबी छुपाओले प्रतिस्थापन गरेको लेख्यो । 

अमेरिकी राष्ट्रपतिका रूपमा पहिलोपटक भारत भ्रमण गर्न लागेका ट्रम्प नयाँ दिल्ली र गुजरात जानेछन् । 

अहमदाबादमा ट्रम्पलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिनेछ । पोहोर साल अमेरिकाको टेक्ससमा हाउडी, मोदी कार्यक्रम गरिएजस्तै ट्रम्पको स्वागतमा केम छो ट्रम्प कार्यक्रम पनि आयोजना गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x