×

NMB BANK
NIC ASIA

फर्केर हेर्दा ...

महिला डाक्टरको त्यो ‘कोरोना त्रास’ : चीनबाट उद्धार गर्न ढिलाइ हुँदा पटक–पटक रोयौं !

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका १७५ जना नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एमबीबीएसको अध्ययन पूरा गरी २ वर्षअघि मास्टर्स डिग्री गर्न चीन गएकी एक महिला डाक्टर खरिपाटी क्वारेन्टाइनमा छिन् । उनले कोरोनाको त्रासबीच चीनमा रहँदाको भोगाइ नाम नखुलाउने शर्तमा लोकान्तरलाई सुनाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती डाक्टरसँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –


Advertisment
Nabil box
Kumari

एमबीबीएस सकेपछि मास्टर्स डीग्रीको लागि २ वर्षअघि चीनको छिन्सो शहर गएकी थिएँ । जब कोरोना भाइरस डीजीज्–१९ (कोविड–१९) फैलिएपछि चीन सरकारले हामीलाई बाहिर ननिस्कन आग्रह गर्‍यो ।

Vianet communication
Laxmi Bank

त्यसपछि त्यहाँ सबै बजार, होटल, कतिपय डिपार्टमेन्टल स्टोरहरू पनि बन्द हुन थाले । ट्रेन, बस लगायतका सबै सार्वजनिक यातायातका साधन बन्द हुन थाले । मानिसहरू बाहिर निस्कने भन्ने त कुरै भएन । चीनको नियम कडा भएकाले कोही पनि बाहिर निस्केको देखिएन । 

तर हामी चीनको वुहानबाट झण्डै साढे १ घण्टाको रेल यात्रापछि पुगिने छिन्सो शहरमा बस्थ्यौं । त्यहाँ साना डिपाटमेन्टल स्टोरहरू फाट्टफुट्ट मात्रै खुल्थे तर पनि हामीलाई डिपार्टमेन्ट स्टोलमा जान पनि बन्देज थियो । कोरोना तीब्ररुपमा फैलिएको कारणले जान नपाइने भनिएको थियो ।

विश्वविद्यालयले हामीलाई खानेकुराहरू पहिले नै किनेर राख्नु भनेको थियो । हामीले करीब १५ दिनको लागि खानेकुराहरू किनेर राखेका थियौं तर कतिपय खानेकुराहरू त १ हप्तापछि कुहिन पनि थाले । फेरि हामीले १५ दिनपछि धेरै नै फैलिएपछि घरबाट बाहिर कोही निस्कन नपाउने भएकाले हामीले अर्को १५ दिनको लागि खाना अनलाइनबाट किनेर राखेका थियौं । पछिपछि खाना कुहिने भएकाले अलि गाह्रो हुन थालेको थियो ।

हामी ३–४ जना साथी मिलेर कलेजको होस्टेलभन्दा बाहिर अपार्टमेन्ट लिएर बसेका थियौं । त्यसकारण हामीलाई खाना सकिन्छ कि भन्ने डर भयो, बाहिर पनि जान नपाउने । विश्वविद्यालयले पनि खानाको व्यवस्था गरेको थियो तर पनि बाहिर जान नपाउने भएकाले अझ धेरै अत्यास लागेको थियो ।

अन्य देशका विद्यार्थीलाई फिर्ता लैजाँदा त झनै अत्यास लागेको थियो । हामी पनि कहिले घर जान पाइन्छ र ढुक्कको सास फेर्न पाइन्छ जस्तो लागेको थियो ।

पहिलो चोटी अब नेपाल फर्कनको लागि तयार हुनु भन्दै फेब्रुअरी २ (माघ १९) मा सूचना जारी भएको थियो । त्यो बेलामासम्म हामीले नेपाली दूतावासले दिएको फाराम भरिसकेका थियौं अर्थात् आवेदन दिइसकेका थियौं ।

चीनमा दिनानुदिन मानिसहरू मरिरहेका छन् । अझ धेरै कोरोना फैलिरहेको छ भन्दा झन् धेरै अत्यास लाग्थ्यो । नराम्रो लाग्थ्यो । आफ्नो भविष्य सोचेर रुन्थ्यौं तर रोएर पनि केही नहुने ! त्यो बेलामा नेपाल सरकारले छिटो गरिदिएको हुन्थ्यो जस्तो लाग्थ्यो । घर छिटो जान पाए हुन्थ्यो जस्तो भने लागि नै रहन्थ्यो । अरु देशका विद्यार्थीहरू आफ्नै अगाडि स्वदेश फर्किराखेको देख्दा भने साह्रै अत्यास लागेर रुन्थ्यौं ।

अन्ततः नेपाल फर्किने दिन चाहिँ साह्रै खुशी लागेको थियो । कतिखेर अपार्टमेन्टबाट निस्किउँ जस्तो भएको थियो ।

हामीलाई निश्चित ठाउँमा आउन भनिएको थियो । त्यहाँ आउँदासम्म हामीलाई ५ ठाउँमा तापक्रम चेक गरिएको थियो । चीन सरकारले पनि हाम्रो स्वास्थ्य जाँच गर्‍यो ।

एयरपोर्टमा हामीलाई राम्रोसँग चेक गरेर प्लेनमा राखिएको थियो । त्यसपछि नेपाल आएपछि पनि ५ ठाउँमा परीक्षण गरेर यहाँ ल्याइएको छ ।

नेपाल आएपछि नाक र घाँटीको परीक्षण गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रबाट आएका डाक्टरले उपचार गर्नुभएको छ । खुशी छु । आशा छ १५ दिनपछि राम्रोसँग घर जान पाउने छु ।

नेपालीलाई चीनबाट फर्काउनको लागि बनाइएको संघर्ष समितिका संयोजक नेमबहादुर ताम्राकारले नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पुर्‍याएर ल्याउनको लागि धेरै संघर्ष गर्नुपरेको बताए । 

‘हामीले स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय लगायतका निकायमा लगभग ५–५ चोटीको प्रयासले डब्लूएचओको मापदण्ड अनुसार ल्याउन सफल भएका हौं,’ उनले लोकान्तरलाई भने । आउन बाँकी अन्य नेपाली नागरिकलाई ल्याउनको लागि पनि पहल गरिरहने संयोजक ताम्राकारले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x