कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो ।
बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । उत्सवमा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा साहित्यका अलावा आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुन्छ ।
‘कुडा कर्णालीका’ मुख्य नारा रहेको उक्त उत्सवले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्धेश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए ।
छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्नलायक पहिचानका विषयवस्तु समेटिने उत्सव तयारी समिति सदस्य तिलक पौडेलले बताए ।
आयोजक संस्थाका संस्थापक सदस्य रेशम विष्टले कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुने बताए ।
उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रूपमा आमन्त्रित गरिने आयोजकले जनाएको छ ।
सयौं वक्ता र हजारौं दर्शक सहभागीहरुबीच हुने उक्त अन्तरकृयाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।
‘हाम्रो कुरा हामीले नै गर्ने हो । हामीले नगरे अरु कसैले पनि गर्दैन,' आयोजक समिति सदस्य दिनेश गौतमले बताए ।
उत्सवमा बौद्धिक बहसका साथै कविता तथा गजल वाचन समेत राखिएको छ । कार्यक्रममा विभिन्न चर्चित गजलकार तथा कविहरुको उपस्थिति रहनेछ ।
गाउँगाउँमा सिंहदरवार पुग्यो या पुगेन?
उत्सवको पहिलो दिन ‘सरकारका तीन तह - बगाउन्या कर्णालीका वह’ शीर्षकको सेसन रहनेछ । जसमा संघ, प्रदेश तथा स्थानिय सरकारका प्रतिनिधिहरुबीच बहस हुनेछ । उक्त सेसनमा संघीय तहहरुबीचको आपसी सम्बन्ध, गाँउगाँउमा सिंहदरवार पुग्यो वा पुगेन ? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँड तथा संघीयता र समृद्धि लगायतका विषयवस्तुमाथि विमर्श हुने आयोजकले जनाएको छ ।
खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयहरुमाथि बहस गर्न ‘खसका खासखुस’ सेसन निर्माण गरिएको छ ।
उक्त सेसनमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद रमानन्द आचार्य, डा. विपिन अधिकारी लगायतको सहभागिता रहनेछ ।
संस्कार र समानता नामक सेसनमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयबस्तुमाथि बहस हुनेछ ।
काला पहाडका तोडा
कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गर्न काला पहाडका तोडा नामक सेसन तय गरिएको छ ।
उक्त सेसनमा युवा तथा उद्यमशीलताका जानकारहरुले बहस गर्नेछन् ।
कर्णाली क्यानाम घुमेर हेर्दा
कर्णाली किन घुम्ने ? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवर्द्धन नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ नामक सेसन निर्माण गरिएको आयोजकले जनाएको छ ।
उक्त सेसनमा फोटो पत्रकार भरतबन्धु थापा, मोहन मैनाली लगायतले बहस गर्नेछन् ।
मुख्य माण्ठ- मूल कुडा
कार्यक्रमको दोस्रो दिन पश्चिम नेपालका तीन प्रदेशका सरकारी प्रतिनिधिहरुबीच बहस हुने भएको छ । कर्णाली आसपासका सूदुरपश्चिम र प्रदेश नं. ५ का मुख्यमन्त्री वा मन्त्रीहरुबीच अन्तरप्रदेश सम्बन्धमा बहस गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
पत्रकार निर्मला शर्माले सञ्चालन गर्ने उक्त छलफलमा तीन प्रदेशबीचको भू‐राजनीतिक सम्बन्ध, विकास अन्तरसम्बन्ध, सहकार्य, साझा समस्या र समाधान लगायतका विषयमा बहस हुनेछ ।
उत्सवमा सिमान्तकृत समूदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ । सिमान्तस्वर नामक उक्त सेसनमा डा. शिवमाया तुम्बाहाङ्फे, मोहमदी सिद्धिकी, दुर्गा शोब र चन्द्रकिशोर झाले बहस गर्नेछन् ।
दबाई र देउता भोक र भकारी
कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ सेसनमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच बहस हुने आयोजकले जनाएको छ ।
नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीबारे लेखिएका कथा, साहित्यमा कर्णालीका विम्ब लगायतका विषयमा पनि बहस हुने तय भएको छ । जसमा कर्णालीका साहित्यकार श्यामल, बुद्धिसागरलगायतले बहस गर्नेछन् ।
कर्णालीको ११ औं जिल्ला !
कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर कर्णाली उत्सवमा कर्णालीको एघारौं जिल्लामाथि बहस हुनेछ । आखिर कुन हो त ११ औं जिल्ला ?
उक्त सेसनमा नेपालकै एकमात्र घुमन्ते जाति राउटे समूदायबारे छलफल गरिनेछ । कुनै निश्चित क्षेत्रमा बसोबास नगर्ने राउटेको व्यवस्थापन कर्णाली प्रदेशकै महत्वपूर्ण विषय हो । सेसनमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषयमाथि बहस हुनेछ ।
उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्ने? भन्ने सेसन निर्माण गरिएको छ ।
प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छ ? जस्ता विषयले पनि उत्सवमा स्थान पाउने छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...