टिपरको ठक्करबाट दुई भारतीयको मृत्यु

सप्तरीमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ।

बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा ना १ क ५५२७ नम्बरको टिपरको ठक्करबाट स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।


Advertisement

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का   मोहम्मद सदाम हुसेन र  कुनकुनिया खातुन रहेका छन्।

हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्