मोजाबिनै जुत्ता लगाउनुहुन्छ ? हुनसक्छ हानि

फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ। आजकल मोजाबिना नै जुत्ता लगाउने फेशन चलेको छ। यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ।


वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ। दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ। तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ। यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ।


Advertisement

छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा खुट्टालाई नोक्सानी पुग्छ। मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ। एजेन्सी


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्