×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रम ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरियो, पूर्वराजा ज्ञानेन्द्रले भने-कोरा सपना बाँडेर समय खेर नफालौँ

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपतिद्वारा ३ सय २९ कैदीको कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन्।

Muktinath Bank

 राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी ३ सय २९ जनाको कैद मिनाह गरेकी हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन्।

प्रम ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरियो


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरिएको छ।

Vianet communication
Laxmi Bank

त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बेलुका भर्ना भएका उनको  ‘एन्जीयोग्राफी' गरिनुका साथै क्याथ ल्यावमा स्वास्थ्य परीक्षण भैरहेको छ।

चिकित्सकहरुका भनाइमा एन्जीयोग्राफी नसाबाट क्यामरासहितको तार मुटुभित्र पठाउने र मुटुको परीक्षण गर्ने प्रविधि हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार ‘एन्जीयोग्राफी प्रक्रियाबाट मुटुको परीक्षण गर्नुलाई सामान्य मानिन्छ।

प्रम ओलीको मृगौलाको डायलसिस गरिँदै आएकोमा मंगलबार मुटुमा केही समस्या देखिएको हो।

पछिल्लो पटक मनमोहन सेन्टरमै उनको  नियमित डायलासिस हुँदै आएको छ। प्रम ओलीको गत मंसिरमा एपेन्डिसाइटिसको अप्रेसन भएको थियो।

ओलीको ०६४ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

 

पूर्वराजा ज्ञानेन्द्रले भने-कोरा सपना बाँडेर समय खेर नफालौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा प्रजातन्त्र सार्थक हुन नसकेको टिप्पणी गरेका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार  विज्ञप्ति जारी गर्दै शाहले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंंकार, नामान्तर वा रुपान्तरण मात्र होइन।  त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ।’

‘प्रजातन्त्र केही टाठाबाठाका निमित्त मात्र होइन’ भन्दै उनले भनेका छन्, ‘केहीको आर्थिक स्वार्थका लागि मात्र होइन। सबै जनता र सिंंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्छ।’

शाहले कोरा सपना मात्र नबाँड्न भनेका छन्। उनले भनेका छन्, ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नर्बिसौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजान्त्रिक धर्म’ को निर्वाह गरौँ।’

स्ववियु चुनाव अनिश्‍चितकालका लागि स्थगित

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव अनिश्‍चितकालका लागि स्थगित गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको मंगलबारको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि फागुन १४ गते निर्वाचन हुने भनिएको थियो।

विद्यार्थी संघसंगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित गरिएको बताइएको छ।

नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गरेको थियो। 

 

पार्टीभित्रका असन्तुष्टि मिलाएर अघि बढ्छौं - महासचिव पौडेल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीभित्रका असन्तुष्टि मिलाएर अघि बढ्ने बताएका छन् ।

मंगलवार सुर्खेतमा आयोजित नेकपा अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले पार्टी एकतापश्चात पार्टीमा असन्तुष्टि रहेको र त्यसलाई नेतृत्वले मिलाएर अघि लैजाने बताएका हुन् ।

‘हामी बीचमा पार्टी एकतापश्चात असन्तुष्टि पनि छ तर हामी त्यो असन्तुष्टिलाई मिलाएर लैजान्छौं,' पौडेलले भने, 'पार्टी एकता प्रक्रिया वडा तहमै हामी सम्पन्न गर्छौं । पार्टी र सरकारबीचको कामको प्रक्रियाबारे केही अलमल छन् ती सबै मिलाएर हामी लैजान्छौं ।’

पौडेलले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन र सरकारको काम कारवाहीबारे जनस्तरमा लैजान ३ महिने अभियान शुरू गर्ने बताए ।

‘आगामी चैत, वैशाख र जेठमा वडास्तर, पालिकास्तरसम्मै हामी ३ महिने अभियान शुरू गर्दैछौं,' उनले भने, 'त्यसले आम पार्टी कार्यकर्तामा एक खालको नयाँ उर्जा आउने छ भने संगठन चलायमान हुनेछ ।’

उनले सरकारले हालसम्म गरेका कामहरुको बारेमा पनि जनतालाई सोही अवधिमा जानकारी दिने बताए ।

 

हवाइ फायर गरेर विस्फोटक पदार्थसहित विप्लव समूहका ५ जना पक्राउ

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका ५ जना कार्यकर्तालाई संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मंगलवार पक्राउ गरेको छ । 

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

शंकास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तार लगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

माघ २ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले माघ ६ गते मात्र सार्वजनिक गरेको छ ।

भिडियोमार्फत नै सरकारलाई कांग्रेसको काउन्टर, डकुमेन्ट्री बनाएर देखायो १३ असफलता
 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको दुई वर्षे कार्यकालमाथि संक्षिप्त भिडियो टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आम निर्वाचनताका तत्कालीन वाम गठबन्धनले जारी गरेको चुनावी घोषणापत्र अनुसार काम हुन नसकेको भन्दै भिडियो सन्देश जारी गरेका हुन् ।

शर्माले जारी गरेको भिडियो सन्देशमा भूमिसम्बन्धी समस्या समाधान नभएको, देश अझै पनि तुइनमुक्त नभएको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा नआएको, सबै तहमा ब्रोडब्याण्ड इन्टरनेट नपुगेको, मूल्यवृद्धि नियन्त्रण नभएको र भ्रष्टाचार झन् मौलाउँदै गएको उल्लेख गरिएको छ ।

बरू सरकार राष्ट्रियताको प्रश्नमा कामचलाउ, लोकतन्त्रको प्रश्नमा अधिनायकवाद उन्मुख, संघीयताको प्रश्नमा हस्तक्षेपकारी, समृद्धिको प्रश्नमा अलमल, बजार भाउका अघिल्तिर अलमल देखिएको शर्माले भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

शर्माले भनेका छन्, 'कमरेडहरूले कुरा त निकै नै गर्नुभएको रहेछ घोषणापत्रमा, तर काम कति गर्नुभएको रहेछ त्यो पनि हेर्यौं । न आलोचना, न कुनै थप टिप्पणी, बाँकी जिम्मा जनताको ।'

महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसद बैठकमा जानकारी

सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् ।

मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् ।

‘अभियोग माग दाबीबाट सफाइ पाउने ठहर गरी थुनामुक्त हुनुभएको छ,’ सभामुख सापकोटाले भने । जिल्ला अदालत काठमाडौंले महरालाई सोमवार अभियोगमा निर्दाेष ठहर गरेको थियो ।

सभामुखले अदालतबाट सफाइ पाएको जानकारी संसद बैठकमा गराएपछि अब महरा सांसदको हैसियतमा संसद बैठकमा सहभागी हुन पाउने भएका छन् । थुनामा हुँदा रोकिएको महराको सेवासुविधा समेत सांसदको हैसियतमा पाउने भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x