झुलनको बायोपिकमा अनुष्का

 सन् २०१८ मा रिलिज भएको फिल्म 'जिरो' पछि अनुष्का शर्मा ठूलो पर्दामा देखिएकी छैनन् ।

उनको धेरैजसो समय क्रिकेटर पति विराट कोहलीसँग बितिरहेको छ । अनुष्का अब उद्योगमा फिर्ता हुने तयारीमा जुटेकी छन् र क्रिकेट नै उनको कमब्याकको विषय हुने भएको छ।


Advertisement

भारतकी चर्चित क्रिकेटर झलन गोस्वामीको जीवनीमा बन्न लागेको बायोपिकमा उनी क्रिकेटरको भूमिका निर्वाह गर्दै छिन्।

यो प्रोजेक्टको छिट्टै औपचारिक घोषणा हुँदैछ। केही समयअघि अनुष्का झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी थिइन्। त्यहाँ उनी यो फिल्मको अनाउन्समेन्ट सुट गर्न पुगेकी थिइन् ।


Advertisement

सोनी पिक्चर्सले भिडियोमार्फत फिल्मको घोषणा गर्दैछ। यो एउटा ठूलो बजेटको फिल्म हुने बताइएको छ।

भुलन भारतीय महिला क्रिकेट टिमकी कप्तान रहिसकेकी छन्। उनको प्रदर्शनबाट अनुष्का प्रभावित छिन्। २००७ मा आईसीसीले महिला प्लेयर अफ दी इयर घोषित गरिएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्