माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल आज

काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन बुधवार सेमिफाइनल तथा फाइनल चरणका खेलहरू हुँदैछन् । 

पहिलो सेमिफाईनलमा भारतीय दुताबास र एनसेल 'ए' तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभल बैंक आमनेसामने हुदैछन् । 


Advertisement

क्वाटर फाइनल अन्तर्गत मंगलवार भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदै सेमिफाईनल प्रबेश गरेका हुन् । 


Advertisement

आज हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् ।

शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको ःबअजजबउगअजअजजचभ द्यबलप ऋयचउयचबतभ क्गउभच क्ष्हभक द्दण्द्दण्, क्भबकयल(ट को बिजेता घोषणा एंव समापन समारोह पनि आज नै हुनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्