कोरोनाभाइरसका कारण चिनियाँ फिल्म निर्देशकको मृत्यु

एक चिनियाँ फिल्म निर्देशक, उनकी बहिनी, आमा र बुवाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । वुहानमा रहेका उनीहरूको भाइरसले ज्यान लिएको हो ।

निर्देशक च्याङ काइको मृत्यु फागुन २ गते भएको हो । उनका मातापिताको मृत्यु दुई हप्ताको बीचमा भएको हो । पूरै परिवार नै क्वारेन्टाइनमा बसेको चिनियाँ पत्रिका काइसिनले लेख्यो । 

च्याङको मृत्यु भएको केही घन्टापछि बहिनीको पनि मृत्यु भएको हो । च्याङकी पत्नीको स्वस्थ्य अवस्था गम्भीर छ । 


Advertisement

वुहान र हुबेई प्रान्तमा मृत्युदर अन्य क्षेत्रको तुलनामा उच्च छ । धेरै रोगीहरूले अस्पतालमा बेड पाउन पनि मुश्किल परेको बताएका छन् । सरकारले नयाँ अस्पताल बनाएको र प्रदर्शनी केन्द्र जस्ता ठाउँलाई अस्थायी स्वास्थ्य केन्द्र बनाएको भए पनि रोगीलाई राख्ने ठाउँको अभाव छ । 

विश्व स्वास्थ्य संगठनले यो रोग पाँचमध्ये चार रोगीमा सामान्य भए पनि लगभग २० प्रतिशतलाई कडा लक्षण देखिने जनाएको छ । 


Advertisement

सरकारले संक्रमण फैलिएको आरम्भिक चरणमा संक्रमितहरूलाई घरैमा बस्न भनेकाले पनि परिवारैलाई संक्रमण भएर रोग झन् फैलिएको हुनसक्ने बताइएको छ ।

अधिकारीहरूले कोरोनाभाइरसका रोगीहरूलाई क्वारेन्टाइन क्षेत्रमा लगिरहेका छन् र यसक्रममा जबर्जस्ती पनि गरिरहेका छन् । 

यस भाइरसले दुई हजारभन्दा बढीको ज्यान लिइसकेको छ र ७५ हजारभन्दा बढीलाई संक्रमित बनाएको छ ।

द गार्डियनबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्