‘ट्रम्प भगवान् हुन् र उनको स्वागतमा ७० लाख भारतीयलाई उभ्याउनुपर्ने ?’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमा आउनुअघि भारतको राजनीति तातिएको छ ।

विपक्षी कांग्रेस पार्टीले ट्रम्पको स्वागतमा ७० लाख भारतीयहरू उभिने दाबी आएपछि सरकारमाथि शाब्दिक आक्रमण गरेको छ । 


Advertisement

कांग्रेस नेता अधीर रञ्जन चौधरीले प्रश्न गरे, ‘ट्रम्प भगवान् राम हुन् र उनको स्वागतमा ७० लाख मानिसलाई उभ्याइने ?’

ट्रम्पले भारत भ्रमणको बारेमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अहमदाबाद एयरपोर्टदेखि मोटेरा स्टेडियमसम्मको बाटोमा ७० लाख मानिसले स्वागत गर्ने बताएको भनेका थिए । 


Advertisement

लोकसभामा कांग्रेस संसदीय दलका नेता चौधरीले ट्रम्पको स्वागतमा यत्ति धेरै भारतीयलाई किन भेला पार्नु भनी सोधे । ‘हामी भारतीयहरू उनको पूजा गर्नका लागि उभिँदैनौं,’ उनले भने । 

ट्रम्प आफ्नो फाइदाका लागि भारत आउन लागेको पनि चौधरीले बताए । भारतसँग भ्रमणका क्रममा व्यापार सम्झौता नगर्ने भनी ट्रम्पले दिएको बयानलाई पनि चौधरीले आक्रमण गरे । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्