×

NMB BANK
NIC ASIA

विकास बजेट खर्चको प्रगतिबारे समीक्षा हुन्छ : मन्त्री पुन

फागुन ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

१२ औंं राष्ट्रिय सिँचाइ सेमिनार काभ्रेको धुलिखेलमा बुधवार शुरू भएको छ । 

Muktinath Bank

२ दिने सम्मेलनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले उदघाटन गरे । सम्मेलन उद्घाटन गर्दै मन्त्री पुनले समग्रमा अधिकांश सरकारी आयोजनामा विकास खर्चको प्रगति आशलाग्दो नभएको भन्दै गम्भीर हुन कर्मचारीलाई निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा विकास बजेट खर्च हुन नसक्नुलाई राजनीतिक अस्थिरता, कानूनको अभाव, हड्तालजस्ता कारण देखाइने गरिएपनि ती सबै समस्या नभएका बेला विकास खर्चको प्रतिशतमा सुधार आउन नसक्नुको कारण सरकारले खोज्ने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

‘५ महिनामा सरकार फेरिन्थ्यो, मन्त्री फेरिन्थ्यो । अस्थिरताका कारण काम गर्न सकिएन भन्ने गुनासो आउँथ्यो,’ मन्त्री पुनले भने, ‘अहिले २ वर्षदेखि एउटै सरकार छ । हामी मन्त्रीहरू छौं । मन्त्रालयका सचिव फेरिएका छैनन्, महानिर्देशक फेरिएका छैनन् । तलसम्म कार्यालय प्रमुख फेरिएको छैन । कसैको बन्द, हड्ताल र आन्दोलन छैन तर पनि काम किन हुन सक्दैन ? यसको समीक्षा गर्ने बेला आएको छ ।’

Vianet communication
Laxmi Bank

राजनीतिक स्थिरता भएको, कानूनी अल्झन हटेको तथा बन्द हड्ताल नभएका बेला विकास बजेट खर्च नहुनु गम्भीर भन्दै मन्त्री पुनले राजनीतिक र प्रशासनिक नेतृत्वले एकअर्कालाई आरोपित नगरी समीक्षा गर्नुपर्ने स्पष्ट गरे । प्रणालीमा कतै समस्या नभएका बेला पनि काम नहुनुको कारण कार्यशैलीमा कमजोरी रहेको हुनसक्ने उनको भनाइ थियो ।

‘राजनीतिक नेतृत्वको ध्यान विकासमा छ । अरु कुनै समस्या छैन,’ मन्त्री पुनले भने, ‘यस्तो अनुकूल समयमा पनि काम हुन नसक्नुको कारण कार्यशैली हो, कार्यशैली सुधार्न जरुरी छ ।’ सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि विकास विभाग, जलस्रोत तथा ऊर्जा आयोग, राष्ट्रिय सिँचाइ तथा जल उपभोक्ता महासंघ, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान (आईडब्लुएमआई), अन्तर्राष्ट्रिय विकास साझेदार, सिँचाइ क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, सिँचाइ मन्त्रालयका पूर्व सचिव, जलस्रोत तथा सिँचाइ विभागका पूर्व महानिर्देशक, सिँचाइविद् गरी १५० जनाभन्दा बढीको सहभागिता छ ।

सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले सेमिनारबाट आउने निष्कर्षका आधारमा आगामी योजना निर्माण गरिने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x