आनद्वारा एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन

नेपाल विज्ञापन संघले वुधवार एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन गरको छ ।

नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन सर्जक, विज्ञापनदाता, विज्ञापन बजारका विद्यार्थी र ब्रान्डसँग सम्बन्धित व्यक्तिलाई समेट्ने अभिप्रायले क्लब गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्रकुमार रिजालले बताए ।


Advertisement

नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ सुजनराजा श्रेष्ठद्वय नियुक्त भएका छन् । कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खड्किएको जनशक्तिको समस्यालाई हल गर्नतर्फ क्लबले पहल गर्ने बताए ।

एड क्लब अफ नेपालमा डेपुटी गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यमा विराट श्रेष्ठ, शरद शाही र अनन्तराज घिमिरे नियुक्त भएका छन् । एड क्लब अफ नेपाल आनको भगिनि संस्था हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्