२.८ अर्ब डलरमा आरएसए बेच्ने डेलको  घोषणा

प्रसिद्ध कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए)२ अर्ब ८  करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ। 

आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ। यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षा गरिएकोमा डेलले यो घोषणा गरेको हो । 


Advertisement

 ‘लेनदेनले हाम्रो व्यवसाय र उत्पादन कार्यलाई अझ सजिलो बनाउनेछ,’ डेल टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकारी अफिसर जेफ क्लार्कले भनेका छन्।

यसले डेल टेक्नोलोजीको तथ्याङ्क सुरक्षित, र समय अनुकुल बनाउनको लागि हाम्रो रणनीतिमा केन्द्रित भई संरचना, मञ्च र उपकरणहरूमा स्वचालित तथा बौद्धिक सुरक्षा निर्माणको काम गर्छ। 


Advertisement

सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्याङ्कलाई सङ्केतमा ढाल्ने प्रणाली विकास गरेको थियो। अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब २ अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्