आमरण अनसनरत लक्ष्मणको जीवन रक्षा गर्न मानव अधिकार आयोगकाे आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनसनमा रहेका थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुकोे जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ। 


आयोगका सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर यही फागुन १ गतेदेखि धनगढीमा आमरण अनशनमा रहेका नेता थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई उनका माग सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुगी जीवन रक्षा गर्न आग्रह गरिएको छ। 
    
‘आपसी विमतिका विषयलाई वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानका लागि आमरण अनशन जस्तो कठिन बाटो नरोज्नसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्