बेलायतमा नयाँ भीसा प्रणाली लन्च, प्रतिभाशालीलाई खुल्नेछ ढोका

बेलायती गृहमन्त्री प्रीति पटेल।

बेलायत (ब्रिटेन) की गृहमन्त्री प्रीति पटेलले देशमा नयाँ अंक आधारित भीसा प्रणालीको सुरु भएको घोषणा गरेकी छन्। 

उनले यो नीतिबाट विश्वका सर्वश्रेष्ठ एवम् प्रतिभाशालीलाई मौका दिइने बताएकी छन्। र, बेलायतमा गइरहेका कम प्रतिभाशाली, अकुशल जनशक्तिमा कटौटी गरिने उनले घोषणा गरेकी छन्।


Advertisement

यो नयाँ भीसा प्रणाली सन् २०२१ जनवरी १ बाट लागू हुनेछ। बेलायत ईयूबाट अलग भइसकेकोमा अब उक्त दिन ट्रान्जिशनको अवधि पनि समाप्त हुनेछ।

पटेलले यो भीसा प्रणालीको उद्देश्य विश्वका सबैभन्दा प्रतिभाशालीलाई भित्र्याउने रहेको बताएकी छन्।


Advertisement

नयाँ पोस्ट ब्रेग्जिट प्रणाली, जुन यूरोपीय संघ (ईयू) र गैरयूरोपीय संघका देशका लागि पनि समान रूपमा लागू हुनेछ। यो प्रणाली विशिष्ट कौशल, योग्यता र व्यवसायीका लागि अंक प्रदानको आधारितमा छ। पर्याप्त अंक हासिल गर्नेहरुलाई मात्र भीसा दिइनेछ।

विश्वका सबैभन्दा प्रतिभाशालीलाई आकर्षित गरेर अर्थव्यवस्थालाई बढवा दिने बेलायत सरकारले बताएको छ। यो प्रणालीमा सर्वोच्च कुशल र प्रतिभाशाली व्यक्तिलाई ग्राहयता दिइनेछ।  यसमा वैज्ञानिक, इन्जिनियर र पेशागत व्यक्ति हुनेछन्।

बेलायती सरकारका अनुसार कुशल कामदारका लागि विशिष्ट कौशल र अंग्रेजी बोल्ने क्षमता समेत कयौँ प्रासंगिक मापदण्ड पूरा गर्नुपर्नेछ।

सबै आवेदलाई जब अफरको जरूरत हुनेछ र प्रवासन सलाहकार समितिको सिफारिसअनुरूप न्यूनतम पारिश्रमिक ताेकिने छ।  

 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्