८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य असम्भव

 

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरिरहेका बेला राष्ट्रिय योजना आयोगले यो वृद्धि असम्भव भएको स्पष्ट पारेको छ ।


Advertisement

समृद्धिको आधार वर्ष र दिगो विकासको लक्ष्यलाई आधार मानेर चालू 'आर्थिक वर्षमा साढे आठ प्रतिशत वृद्धिको लक्ष्य राखिएको भन्दै आयोगले लक्ष्य अनुसारको काम नहुँदा साढे आठ प्रतिशतको वृद्धि असम्भव भएको बताएको हो ।

बजेट कार्यान्वयनको अवस्था, रणनीतिक तथा राष्ट्रिय गौरवका आयोजनाको प्रगति र कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्न बुधबार आयोजित अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले भने, 'समृद्धिको आधार वर्ष र दिगो विकासको लक्ष्यलाई आधार मानेर साढे आठ प्रतिशतको लक्ष्य राखेका हौं, तर पुँजीगत खर्चको अवस्था सन्तोषजनक भएन। गौरवका आयोजना पनि सोचेअनुरुप अघि बढ्न सकेनन् । त्यसले गर्दा यो लक्ष्य भेटिन कठिन छ ।'


Advertisement

उनले दोश्रो चौमासिकलाई आधार मानेर यति नै हुन्छ भन्ने यकिन गर्न सकिने स्पष्ट पारे ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकलगायतले चालू आर्थिक वर्षमा नेपालको औसत आर्थिक वृद्धिदर साढे ६ प्रतिशत नजिक हुने प्रक्षेपण गरेका छन् । कारोबार दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्