×

NMB BANK
NIC ASIA

कोरोनासँगको लडाइँमा चीनलाई नेपालको साथ सधैं रहन्छ : मन्त्री ज्ञवाली

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनमा व्याप्त कोरोना भाइरस (कोभिड–१९)सँगको लडाइँका क्रममा चीनले गरिरहेको प्रयासमा नेपाल सधैँ साथ रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

'चिनियाँ जनता, सरकार र त्यहाँको स्वास्थ्यकर्मी उच्च दक्षताका साथ जुन दृढ सङ्कल्पले लडिरहेका छन्, नेपाल सरकारले त्यो कठोर प्रयत्न र उच्च दक्षताको सराहना गर्न चाहन्छ,' उनले भने। बङ्गलादेशको दुईदिने भ्रमण सकेर बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले चीनलाई परिरहेको सङ्कटमा नेपाल सधैं साथ रहने औँल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोराना भाइरसविरुद्ध चीन लडिरहँदा त्यसको प्रकोपमा परेका धेरै बिरामी निको हुँदै घर फर्र्कनुले नियन्त्रण प्रक्रिया शुरू भएको अनुभूति दिएको उनले प्रस्ट्याए । भाइरसका कारण मर्नेको सङ्ख्याभन्दा निको भएर घर फर्कनेको सङ्ख्याले उछिन्नु र थप सङ्क्रमित हुनेको सङ्ख्याको अनुपात पनि घट्दै जानु त्यसको सङ्केत रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसका कारण नेपालमा आउँदो चैतमा हुने सगरमाथा संवाद शृङ्खलालाई कुनै खालको प्रभाव नपार्ने उनले प्रस्ट्याए ।

Vianet communication
Laxmi Bank

आउने अतिथि सबैसँग परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सबैले आउने स्पष्ट पत्र पठाइसकेको उल्लेख गरे। उनका अनुसार बाँकी रहेकासँग पनि निरन्तर कुरा भइरहेको छ ।

नेपालले जलवायु परिवर्तन र मानव जातिको भविष्यका बारेमा विश्वव्यापी अवधारणा निर्माण गर्दै समाधानको पहलमा सघाउन सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा नेपाल–भारत सीमा समस्या वार्ताबाटै पहल गर्ने कुरामा भारतले सहमति जनाएकाले त्यसमा कुनै शङ्का नरहेको मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

नयाँ वार्ताको मिति नेपालले पर्खिरहेको भन्दै उनले छिट्टै नै त्यो भारतले पठाउने विश्वास व्यक्त गरे। मन्त्री ज्ञवालीले एमसीसीको थप अध्ययन गर्न बनेको कार्यदलको म्याद फेरि थप गरी काम गरिरहेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x