×

NMB BANK
NIC ASIA

हिजो दिनभर : काममा बाधा हाल्ने काम भइरहेको प्रधानमन्त्रीको भनाइ,विद्यार्थीहरूलाई संक्रमण भेटिएन

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी) को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसदबाट पारित गरिने बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो। ‘एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ,’ सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ।’


Advertisment
Nabil box
Kumari

उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए।
 

Vianet communication
Laxmi Bank

काेराेना भाइरसका कारण सगरमाथा संवाद प्रभावित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसका कारण सगरमाथा संवाद प्रभावित नहुने बताएका छन्।

चीनबाट संक्रमण शुरु भएको कोरोना भाइरसबाट विश्व नै प्रभावित हुँदा अर्थतन्त्रमा नै असर परिरहेका बेला यसको बाछिटा नेपालमा पनि परेको छ।

जस्तो नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष थालेकोमा असर गरेको छ। त्यो बाहेक चीनबाट हुने आयातमा प्रभाव परेको छ। 

नेपालले चैत २१ र २२ गते सगरमाथा संवादको आयोजना गर्दैछ।

बंगलादेशको तीन दिने भ्रमण सकेर बुधबार स्वदेश फर्किएका ज्ञवालीले भने, ‘यसले सगरमाथा संवादलाई प्रभाव पार्दैन।’ 

भाइरसका कारण चीन आक्रान्त भएको र उक्त समस्या निर्मूल पार्न चिनियाँ सरकार र जनताको उच्च दक्षता र दृढताका साथको कठोर प्रयत्नको उनले सरहाना गरे  ।

प्रचण्डको आश्वासन - कर्णालीको विकासमा विशेष जोड दिन्छौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कर्णालीवासीको विकासका लागि विशेष जोड दिने आश्वासन दिएका छन् ।

नेकपा कर्णाली प्रदेशका अगुवा कार्यकर्ता भेलामा सहभागि भएका प्रचण्डले कर्णालीलाई विषेश ध्यान दिएर विषेश प्याकेज तयार गर्ने बताए ।

‘कर्णालीको विकास नभएसम्म नेपाल समृद्ध बन्न सक्दैन । हामी यहाँको विकासका लागि सरकारसँग पर्याप्त कुराकानी गर्छौं, योजना चयन गर्छौं,' उनले भने, ‘सोही अनुसार बजेट तथा कार्यक्रम तयार पार्नेमा विश्वस्त हुनुस । नेकपाले कर्णालीको विकासका लागि विषेश पहल गर्नेछ यसमा ढुक्क हुनुहोस ।’

कर्णाली केही महत्वपूर्ण परियोजना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेलामा पनि विषेश जोड दिएर दुई देशबीचको समझदारीमा राखिएको स्मरण गर्दै प्रचण्डले कर्णालीको भविष्यसँग जोडिएका परियोजना सम्पन्न गरिने बताए ।

‘सुर्खेत हिल्सा सडकलाई अगाडी बढाउन पहल गर्छु,' उनले भने, ‘भेरी करिडोर र सुर्खेत विमानस्थलको स्त्तरउन्नती गर्ने बारेमा पनि संघीय सरकारले पहल गर्छ । कर्णालीमा हाइड्रो परियोजना निर्माणका लागि पनि सरकारले आवश्यक कदम चाल्नेछ ।’

पार्टीको कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमका लागि वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव विष्णु पौडेलका साथ मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णालीको विकासका लागि संघीय सरकारले विषेश जोड दिने बताएका हुन् ।

‘पार्टी र संसदीय दलका साथीहरुसँगको छलफलमा कर्णाली प्रदेशको अवस्था, विकासको आवश्यक्ता र समस्याका बारेमा कुरा भएको छ’, उनले भने ‘कर्णालीको कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने जानकारी भएको छ, त्यसका पार्टी र सरकारले विषेश ध्यान दिनेछ ।’

संघीय सरकारले कर्मचारीको छाता ऐन ‘निजामती कर्मचारी सेवा ऐन’ बनाउन नसक्दा प्रदेशमा कर्मचारीको अभाव भएको उनको भनाइ थियो । उनले प्रदेश निजामती ऐन बनाएर प्रदेश आफैले कर्मचारी भर्ना गर्ने अवस्था नहुँदासम्म दिर्घकालीन रुपमा कर्मचारी समस्या समाधान नहुने बताए ।

वर्तमान सरकार सबै नेपालीको हुन नसकेको पूर्वमन्त्री बडूको आरोप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले बुधवार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।’

नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताए ।
सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ । 

नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको बताए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।

अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्ने भयो भनेर खुशियाली मनाइरहेको देखें : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्ने भयो भनेर खुशियाली मनाइरहेको आरोप लगाएका छन् ।

चौथो निर्वाचन दिवसका अवसरमा बुधवार निर्वाचन आयोग परिसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

'अस्ति हेरेको थिएँ, सरकारको २ वर्ष पुग्यो अब अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्छ भनेर समाचार आएको देखेँ, मान्छेहरू यस्तो समाचारलाई लिएर खुशियाली मनाइरहेका छन्,' प्रधानमन्त्री ओलीले भने ।

संविधानको धारा १०० उपधारा (४) मा प्रधानमन्त्री नियुक्त भएको पहिलो २ वर्षसम्म र त्यसपछि पनि एकपटक विश्वासको मत लिएको १ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने उल्लेख छ । ओली प्रधानमन्त्री नियुक्त भएको यही फागुन ३ गते २ वर्ष पूरा भएको छ ।

जालझेल र तिकडमबाट लोकतन्त्र बलियो र सुदृढ हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

'जालझेल, छलकपट र तिकडमबाट लोकतन्त्र सुदृढ हुँदैन,' उनले भने, 'यो त जनताको अभिमतबाट, निर्वाचनबाट सुदृढ हुन्छ ।'

दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिन पार गरेर आएकाहरू लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि पछि पर्न नहुने उनको भनाइ छ ।

साथै प्रधानमन्त्री ओलीले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउने कार्यको अगुवाइ लिन निर्वाचन आयोगलाई समेत आग्रह गरे ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन आयोग गम्भीर गृहकार्यमा रहेको बताए ।

आयोगको विश्वसनीयता बढाउन विभिन्न रणनीति अख्तियार गरिएको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति थियो ।

२०१५ साल फागुन ७ गते पहिलो आम निर्वाचन भएको दिनको सन्दर्भ पारेर आयोगले २०७३ सालदेखि निर्वाचन दिवस मनाउन थालेको हो ।

सरकारले भन्यो– चीनबाट ल्याइएका कसैमा पनि कोरोनाको संक्रमण भेटिएन

चीनको हुबेई प्रान्तस्थित वुहानबाट नेपाल ल्याइएका १७५ जनामा नै कोरोना भाइरसको संक्रमण नपाइएको पुष्टि सरकारले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी चीनबाट आइतवार बिहान नेपाल ल्याइएका कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको जानकारी गराएको हो ।

'चीनको हुबेई प्रान्तबाट नेपाल ल्याइएका सबै १७५ जना नेपाली नागरिकमा नोभेल कोरोना भाइरस नकारात्मक देखिएको जानकारी गराउन पाउँदा नेपाल सरकारका साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै खुशी भएको छ,' प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

१४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेपछि पुन:  सबै जनाको नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ १४ दिन पूरा गरेपछि मात्र उनीहरू घर फर्किन पाउने छन् ।

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौं – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुर्‍याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।” 

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रूपमा लिएको बताए ।

उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रस्ट्याए । “त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भने ।

विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रूपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएको उल्लेख गरे । उनले देशभित्र र देशबाहिर रहेका आम नेपालीलाई दिवसको अवसरमा शुभकामनासमेत व्यक्त गरे ।

उनले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा स्मरण गरे। वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरे ।

प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए ।

उनले भने, “आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।”

द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रूपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाली समस्या आफैं हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । 

उनले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ । 

नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्को सरकार बनेजस्तो सहज नभएको बताए । उनले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औंल्याए । उनले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अनस्था रहेको पनि बताए ।

विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अवस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताए ।

“विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रूपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ”, उनले थपे ।

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको पनि उनले बताए । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । 

यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उनले विश्वास व्यक्त गरे । यतिखेर सरकार आर्थिक एवं सामाजिक रूपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उनले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गरे ।

उनले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पारे । राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । 

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो ।

सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने चर्चाका सम्बन्धमा प्रचण्डले खोले मुख 

प्रदेश ५ का पश्चिमी दुई जिल्ला बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने चर्चाका सम्बन्धमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख खोलेका छन् ।

पार्टीको प्रदेश भेला/बैठकका लागि सुर्खेत पुगेका प्रचण्डले बुधवार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनताको चाहनाअनुसार प्रदेशको सीमांकनमा परिमार्जन हुनसक्ने बताएका हुन् ।

तपाईंले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने कुरा गर्नुभएको रहेछ भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने– 'अहिले प्रदेशको भूगोल, बनावटजस्तो छ त्यो सधैं त्यस्तै रहन्छ भन्ने कुराको ग्यारेन्टी संविधानले गर्ने कुरा भएन, गरेको पनि छैन । जनताको चाहनाअनुसार त्यसमा परिमार्जन हुनसक्छ भनेको हो । अहिले भर्खर बाँके–बर्दिया यता आइहाल्छन् भनेको होइन ।'

केही समयअघि नेकपा सचिवालय बैठकमा प्रचण्डले प्रदेशको सीमाङ्कन हेरफेरको विषयलाई प्रवेश गराएको कुरा सार्वजनिक भएको थियो ।

प्रचण्डले त्यसलाई प्रसंगवश् निस्किएको विषय भने । 'प्रदेशको केन्द्र तोक्ने सन्दर्भ, नाम तोक्ने सन्दर्भमा यो कुरा विभिन्न प्रश्नहरूमा उठ्ने गरेका छन् । मैले प्रसंगवश् कुरा राखेको हो, बहस नै उठाउन आँटेको होइन,' उनले थपे ।

प्रदेश ५ को राजधानी बुटवल कायम रहने सम्भावना बढेपछि बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने आवाज ती जिल्लाहरूमा पनि उठ्न थालेको छ ।

बुधवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डका अलावा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x