×

NMB BANK
NIC ASIA

राजधानीको कलेजभित्रै छात्रा बलात्कृत

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन्। क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा शुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्।

Muktinath Bank

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्र्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ। माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुव्र्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्। पीडित छात्राले आफूले चिच्याएर प्रतिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन्। बलात्कारपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन्। बलात्कारबाट अत्यधिक रक्तश्राव भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो।


Advertisment
Nabil box
Kumari

बलात्कारपछि रक्तश्रावका कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्नासमेत भएकी थिइन्। साथीको साथ लिएर पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन्। पीडित किशोरीले आफू बलात्कृत भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले जानकारी दिनुभयो।

Vianet communication
Laxmi Bank

क्याम्पस प्रमुख भट्टराईले क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र गम्भीर भएको बताउँदै प्रहरीसमक्ष उजुरी गर्न पीडित छात्रालाई आग्रह गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो। लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जाहेरी दिएकी र प्रहरीले पनि तत्काल कारबाही शुरू गरेको थियो।

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बलात्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो। प्रहरीका अनुसार पीडक छात्राले आफूले बलात्कार गरेको स्वीकारेका छन्।

मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गर्ने अपराधीलाई सात वर्षदेखि १० वर्ष कैद हुने प्रावधान छ।

पीडक ढकालका साथीहरूले पीडित छात्रालाई मुद्दा फिर्ता लिन दबाब दिएका कारण दुरुत्साहनको अभियोगमा ती व्यक्तिहरू पनि कारबाहीको दायरामा पर्ने सम्भावना छ। नेपाल समाचारपत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x