×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने निश्चित

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यही फागुन २० गते (१२ दिनपछि) राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेपनि अर्थमन्त्रीमा डा. युवराज खतिवडाले निरन्तरता पाउने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई जनताको मन जित्ने खालको नयाँ बजेटको तयारी थाल्न निर्देशन दिइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउनुहुन्छ, उहाँले नै बजेट ल्याउनुहुन्छ,’ बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
Nabil box
Kumari

खतिवडाको कार्यकाल सकिनै लाग्दा नयाँ अर्थमन्त्रीको विषयलाई लिएर विभिन्न अड्कलबाजी शुरू भएको थियो । तर, तत्काल नयाँ अर्थमन्त्री नआउने देखिएको छ ।

Vianet communication
Laxmi Bank

खतिवडाले ल्याएको बजेटका कारण सरकारको अलोकप्रियता बढेको, लगानीकर्ता निरुत्साहित भएको र शेयरबजार लगातार ओरालो लागेकोजस्ता कारण दर्शाउँदै नेकपभित्र खतिवडाको विकल्प खोज्न दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिएका थिए । 

उनीहरूले खतिवडाले लिएको अर्थनीतिका कारण लगानीको वातावरण बिग्रिएको आरोप लगाउँदै आएका छन् ।

खतिवडाले ल्याएको पहिलो बजेट चुनावी घोषणपत्रमा गरिएको प्रतिबद्धताविपरीत आएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुरक बजेट ल्याउने कुरा गरेका थिए । 

प्रधानमन्त्री ओली भने कम्तिमा नयाँ बजेट ल्याउने बेलासम्म खतिवडाको विकल्प नखोज्ने निष्कर्षमा पुगेका छन् ।

‘खतिवडाको पहिलो बजेटमा केही कमजोरी थियो, दोस्रोमा केही सुधार भएको थियो । नयाँ बजेट विगतका कमजोरी सच्च्याएर केही लोकप्रिय कार्यक्रमसहित आउँछ भन्ने अपेक्षा छ,’ स्रोतले भन्यो । 

अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख रहेको, वित्तीय अनुसाशन कायम गर्न सकेको तथा पूर्वाधार विकासका कामले गति लिएको भन्दै खतिवडाको कामबाट प्रधानमन्त्री ओली भने सन्तुष्ट छन् । 

राजस्व चुहावट नियन्त्रण र वित्तीय पारदर्शिता स्थापनामा खतिवडाले राम्रो काम गरेको प्रधामनन्त्रीको मूल्यांकन छ ।

विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका अर्थतन्त्रसँग सरोकार राख्ने संस्था र दातृ निकाय खतिवडाकै निरन्तरताको पक्षमा रहेको बताइन्छ ।  

शनिवार सरकारको दुई वर्षे उपलब्धिबारे संसद्‍मा गरेको सम्बोधनका क्रममा ओलीले देशको आर्थिक वृद्धिदर दुई दशककै बढी भएको भएको दाबी गरेका थिए । 

राष्ट्रपतिबाट मनोनित हुने कोटामा खतिवडा राष्ट्रिय सभाको सांसद बनेका थिए । संविधानको धारा ७८ अनुसार उनी सांसद नरहेपनि भदौ २० गतेसम्म मन्त्री बन्न पाउँछन् ।

धारा ७६ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि मन्त्री बन्न पाउने तर ६ महिनाभित्र संसद्को सदस्यता प्राप्त गर्नुपर्ने उल्लेख छ ।

सरकारको वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । खतिवडासहित राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल फागुन २० मा सकिँदैछ ।

राष्ट्रिय सभामा खतिवडालाई निरन्तरता दिने कि नदिने भन्ने सम्बन्धमा भने पार्टीले निर्णय गर्ने बताइएको छ ।

राष्ट्रिय सभामा निरन्तरता नपाउँदा पनि आगामी भदौसम्म मन्त्री रहिरहन खतिवडालाई कुनै बाधा छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x