×

NMB BANK
NIC ASIA

सञ्चार मन्त्रालयमा बाँस्कोटाका २३ महिना : यस्तो छ राजनीतिक पृष्ठभूमि

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको बचाउमा खरोरूपमा उभिँदै आएका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले २३ महिनापछि राजीनामा गरेका छन् ।

Muktinath Bank

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रूपैयाँ कमिसनका बार्गेनिङ गरेको आरोप लागेपछि बाँस्कोटाले बिहीवार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट प्रत्यक्ष निर्वाचित बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

केही समय राज्यमन्त्रीको रूपमा काम गरेपछि २०७५ जेठमा बाँस्कोटा मन्त्रीमा बढुवा भएका थिए ।

Vianet communication
Laxmi Bank

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि बाँस्कोटाले साप्ताहिक रूपमा सरकारका निर्णय सार्वजनिक गर्दै आइरहेका थिए ।

लामो समय पत्रकारिता गरेका र खरो स्वभावका सापकोटाले सरकारको प्रवक्ताको हैसियतमा चर्चा कमाएका थिए । 

दुई दिन अघिमात्र प्रधामनन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको गृहजिल्ला पुगेर उनको प्रशंसा गरेका थिए । 

२०२७ साल भदौ १३ गते काभ्रेको मण्डनदेउपुरमा जन्मेका बाँस्कोटाले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुको पाँचौ महाधिवेशनबाट विद्यार्थी राजनीति शुरू गरेका थिए ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका बाँस्कोटा राजनीतिसँगै दुई दशकसम्म पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहे ।

छलफल, दृष्टि र प्रकाश साप्ताहिकमा काम गरेका बाँस्कोटाले पछि आफैं सम्बोधन साप्ताहिक प्रकाशन गरेका थिए । मन्त्री बन्नुभन्दा अघिसम्म उनी सोही पत्रिकाको प्रकाशक/सम्पादक थिए । 

तत्कालीन नेकपा एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीको अवधारणाकार र संस्थापक रहेका बाँस्कोटा नेपाल पत्रकार महासंघको सचिवको उम्मेदवार बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x