×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : भेरीगंगा नगरपालिकामा अख्तियारको छानबिन

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकामा भएको बालुवा–गिट्टी प्रकरणबारे छानबिन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लोकान्तर डटकममा माघ १६ गते भेरीगंगा नगरपालिकाको ‘ठेक्कापट्टामा नगरलाई ३९ लाख नोक्सान, दिइएन सूचना’ भन्ने समाचार प्रकाशित गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरलाई नोक्सान भएको समाचार प्रकाशन भएसँगै अख्तियारले कागजात मगाएर छानबिन गरिरहेको अख्तियार स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । छिन्चु तथा डुंगेखोलामा असोज १ गते गिट्टी बालुवाका लागि टेन्डर आह्वान भएको थियो ।


Advertisment
Nabil box
Kumari

ठेक्कामा ३६ वटा बोलपत्र खरिद भएको थियो । मंसिर १ गते १४ कम्पनीले बोलपत्र दाखिल गरेका थिए । स्टार कन्सट्रक्सनले सबैभन्दा बढी ९१ लाख १९ हजार ९७८ रुपैयाँ १ पैसा कबुल गरेको थियो तर कम्पनीले बोलकबोल गरेपनि नवराज कन्सट्रक्सनमा ठेक्का सरेको थियो । उसले ८६ लाख ५१ हजार १५१ रुपैयाँ कबुल गरेको थियो । उसले पनि ठेक्का सकारेन । तेस्रो नम्बरमा एन्जल निर्माण सेवाले ८०  लाख ५२ हजार ३०० रुपैयाँमा बोलकबोल गरेको टेन्डर पाउनुपर्नेमा न्यू हरि निर्माण सेवाले ६५ लाख ४९ हजार ४५५ रुपैयाँमा टेन्डरको सम्झौता गर्‍यो ।

Vianet communication
Laxmi Bank

सोही मितिमा भेरी नदी तथा गोछे खोलामा पनि टेन्डर आह्वान भएको थियो । टेन्डरमा २९ जनाले बोलपत्र खरिद गरेकोमा ११ जनाले दाखिला गरे । ठेक्कामा न्यू हरि निर्माण सेवाले ७९ लाख ६७ हजार ९३० (भ्याट सहित) ठेक्का पायो तर उसले नगरसँग ठेक्का सम्झौता गरेन । दोस्रो नम्बरमा रहेको नवराज कन्सट्रक्सनले ठेक्का पायो । उनले ६३ लाख ९० हजार ७८२ रुपैयाँमा सम्झौता गरेको थियो ।

पहिलो नम्बरमा ठेक्का पार्ने कम्पनीले ठेक्का सम्झौता नगर्ने र अरुमा सारिदिने गर्दा नगरलाई नोक्सान हुने गरी ठेक्का सम्झौता भएको थियो । नगरपालिकाका नगर प्रमुख भूपेन्द्रबहादुर चन्द र उपप्रमुख रेणु आचार्यले नै ठेक्का सम्झौताबारे अनभिज्ञ रहेको जानकारी दिएका थिए ।

नगरलाई भएको नोक्सानीको विषयमा अख्तियारले गम्भीरताका साथ छानबिन गरिरहेको जनाएको छ । अख्तियारले पहिलो पटक कागजात मगाउँदा नगरपालिकाले भनेजति कागज उपलब्ध गराएको छैन । ‘हाल २ वटा निर्माण कम्पनीले मात्रै ठेक्का सम्झौता गर्न नसक्ने भन्दै पत्र पठाएको हामीलाई पठाइएको विवरणमा उल्लेख छ,’ अख्तियार स्रोतले भन्यो, ‘अन्य कागजात मगाएका छौं । आवश्यक छानबिन भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x