एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन्। आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १ देखि तीन महिना संचालन गरेको थियो । 


Advertisement

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन्। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए । 

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्रहण गरेको छन्। योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन्।


Advertisement

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रमबीच मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए। यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहक प्रमाणिकरण प्रक्रियामा रहेको एनसेलले जनाएको छ। 

यसअघि पुस १६ मा सिराहाका जितेन्द्रकुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार १० लाख प्राप्त गरिसकेका छन् । 
 
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो। योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्