छोराछोरी पढाऔँ, बालविवाह र दाइजोप्रथा त्यागौँ : नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै उनले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताए।


Advertisement

वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका बालविवाह र दाइजोप्रथालाई त्यागेर छोराछोरीको शिक्षामा जोड दिन आग्रह गरे।। ‘छोराछोरीलाई कम्तीमा बीएसम्म पढाउनुस’, उनले भने, ‘दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ।’ 

वरिष्ठ नेता नेपालले अरूको सम्पत्तिमा लोभ गर्नुको साटो आफ्नो छोराछोरीलाई उचित शिक्षा दिएर जिम्मेवार नागरिक बनाउन आग्रह गर्दै प्राथमिक शिक्षा हासिल गरिसकेका किशोरकिशोरीलाई प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिए।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्