कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ ।
यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति प्राप्त हुन्छ भन्ने पुराण लगायतका ग्रन्थमा वर्णन गरिएको छ ।
बडादसैँ अघिको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र महाशिवरात्रि गरी यी चार रातलाई अति महŒवको रातका रूपमा लिइएको छ । माघमा महादेवको रुद्रत्वले जगत्लाई रुवाउने वा संहार गर्ने तŒवले गर्दा पत्रविहीन भई जीर्ण भएका रुख–बिरुवा, झारपात उनै महादेवको शिवत्व जगत्लाई कल्याण गर्ने तŒवले गर्दा पलाउने हुँदा फागुनमा शिवरात्रि मनाउने गरिएको हो पनि भनिन्छ ।
व्रतमध्ये सर्वश्रेष्ठ मानिएको यो दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने प्रचलन छ । काठमाडौँको पशुपतिनाथका साथै हाट सिंजा जुम्ला, नौलीगाउँ बझाङ, आमागाउँ रुपन्देही, कैलाशमाडौँ बाजुरा चतरामठ सुनसरी, खलङ्गा ब्राह्मणटोल प्यूठानमा चहलपहल हुनेगर्छ । यसैगरी लेगुवा धनकुटा, शेरेश्वर महादेव शोभागाउँ रुकुम, नर्वदेश्वर ओखलढुङ्गा, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, भक्तपुरको डोलेश्वर र अनन्त लिङ्गेश्वर, लमजुङको करापुटारमा अवस्थित सन्तानेश्वर लगायत मुलुकका सबै स्थानका कहलिएका शिवालयमा भव्यताका साथ पर्व मनाउने तयारी भएको छ ।
पशुपतिनाथ लगायतका शिवालयमा धेरै साधुको आगमन भइसकेको छ । पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाले धुनी जगाएका छन् । कालमोचनघाटमा पनि हिमाञ्चल प्रदेश, हरियाणा, गया, काशीबाट धेरै साधुको आगमन भएको र यसमध्ये उत्कृष्ट साधुको जमात पनि धुनीमा रहेको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिए ।
क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पर्वमा सुरक्षा व्यवस्थालाई महŒव दिइएको छ भने विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर यत्रतत्र राखिएका छन् । रामघाट स्वास्थ्य केन्द्र पिङ्गलास्थान, आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्ट, परोपकार, रेडक्रस, आर्यघाट सेवा केन्द्र र निजी अस्पतालका यहाँ शिविर छन् ।
कालमोचनको साधु अखडामा पनि साधुले धुनी जगाएका छन् । पशुपतिनाथमा रातको चार प्रहरै पञ्चामृतसहित अतिरुद्री र अन्य चार प्रकारका पूजा अतिरिक्त महादीप, अखण्डदीप, दीपोत्सव र लाख बेलपत्र अर्पण गरेर पशुपतिनाथको आराधना हुँदैछ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार शुक्रबार साँझ ५ः४० बजेसम्म त्रयोदशी परेकाले यो समयपछि शिवको आराधना, पूजा गर्दा उत्तम हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...