माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएका छन् ।
ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ । पटकपटक ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्दै आएका प्रधानमन्त्री ओलीका प्रियपात्र बाँस्कोटा नै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको करिब ७० करोड रुपैयाँ ‘कमिसनको डिल’ गरेको प्रकरणमा जोडिएपछि बाहिरिएका हुन् । यो प्रकरणले प्रधानमन्त्रीलाई नै अप्ठेरामा पारेको ओलीनिकट एक नेताले बताए । ‘कमिसनको कुरा पुष्टि होला, नहोला तर प्रधानमन्त्रीका सबैभन्दा निकट व्यक्ति कस्ता रहेछन् भन्ने कुरा एक्सपोज भएको छ,’ उनले भने ।
बाँस्कोटा ओलीका कति नजिक हुन् भन्ने बुझ्न तीन दिनअघि धुलिखेलमा आयोजित एक कार्यक्रममा गरेको सार्वजनिक प्रशंसालाई सुने पुग्छ । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो, प्रतिभा जन्माउने जिल्ला हो, यो कुरा क्रमशः प्रकट हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरू सबै जस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटातिर हेरेर चुप लाग्छन् ।’
औधि प्रशंसा गरेको तीन दिनपछि बाँस्कोटा पदीय आचरणविपरीत कमिसनको डिल गरेको अडियोका कारण बाहिरिँदा ओलीलाई झट्का लागेको छ । नेकपाका एक नेता बाँस्कोटाका कारण ओलीलाई परेको चोट यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोप लाग्दा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लागेको झट्कासँग तुलना गर्छन् । ‘महरा दाहालका अत्यन्तै निकट थिए । उनीमाथि पदीय आचरणविरुद्धको कुरा आएपछि दाहाललाई ठूलो चोट परेको थियो,’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘ओलीका लागि बाँस्कोटा त्यस्तै निकट विश्वासपात्र हुन्, उनैले यस्तो आचरणविपरीतको काम गरेपछि ओलीलाई नराम्रो झट्का लागेको छ ।’ बाँस्कोटा ओलीको शयनकक्षसम्म पहुँच राख्थे । उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो । मन्त्री भएपछि बाँस्कोटाले सरकारी मन्त्री क्वार्टर पाएनन् । त्यसयता उनी प्रधानमन्त्री ओलीकै भक्तपुर बालकोटस्थित निवासमा बस्दै आएका छन् । ओलीले आफ्नो घरमै बाँस्कोटालाई लगेर राख्नुले पनि उनीहरूबीचको सम्बन्धको गहिराइ बुझाउँछ ।
मन्त्रिपरिषद्बाट हालै बाहिरिएका एक पूर्वमन्त्रीका अनुसार बैठकमा बाँस्कोटाको अरूभन्दा फरक प्रस्तुति हुन्थ्यो । ‘मन्त्रिपरिषद् बैठकमा अरू मन्त्रीहरू प्रधानमन्त्रीसँग सिधा वादविवाद गर्न हच्किन्थे तर बाँस्कोटाले हाकाहाकी कुरा गर्थे,’ ती पूर्वमन्त्रीले भने, ‘प्रधानमन्त्री पनि उनकै कुरा मात्र सुन्थे ।’
प्रधानमन्त्री ओलीले बाँस्कोटालाई यति धेरै च्याप्नुको कारण बुझ्न पुराना घटनाक्रमतर्फ फर्कनुपर्ने हुन्छ । कुनै बेला माधव नेपाल पार्टी महासचिव छँदा उनको पेलानमा परेर ओली कमजोर अवस्थामा थिए, त्यसबेला ओलीका पक्षमा उभिनेमध्येका एक बाँस्कोटा थिए । पार्टी पत्रकारिता गर्दै ओलीको नजिक पुगेका बाँस्कोटाले पार्टीभित्रको जस्तोसुकै समस्यामा पनि उनको साथ छाडेनन् । ‘आफूलाई समस्यामा पर्दा साथ दिने व्यक्तिलाई ओली संरक्षण गर्छन् । त्यसैले बाँस्कोटाले पनि यति धेरै महत्त्व पाएका हुन्,’ एक नेताले भने ।
बाँस्कोटा पार्टीमा तल्लो तहबाटै संगठित हुँदै काभ्रे जिल्लाको अध्यक्षसमेत भएर केन्द्रमा आइपुगेका हुन् । उनलाई अन्य नेताभन्दा छिटो अघि बढ्न ओलीको साथ रह्यो । दोस्रो संविधानसभा चुनावमा तत्कालीन एमालेले २०६४ को संविधानसभा चुनावमा जितेका र निकटतम प्रतिस्पर्धी रहेका व्यक्तिलाई नै टिकट दिने एमालेले मापदण्ड बनायो । काभ्रेमा २०६४ को चुनावमा वाग्मती अञ्चलबाट एमालेबाट जित्ने कृष्णप्रसाद सापकोटा मात्र थिए तर ओलीकै जोडबलमा सापकोटाको टिकट खोसियो र बाँस्कोटालाई दिइयो । उक्त चुनाव बाँस्कोटाले हारे तर २०७४ को चुनावमा उनी विजयी भएर आए । पार्टीभित्र तीन पटक लगातार चुनाव जितेका धेरै सांसद छन् तर बाँस्कोटाले पहिलो पटक सांसद हुनेबित्तिकै ओलीको मन्त्रिपरिषद्मा प्रवेश पाए । सुरुमा क्याबिनेटस्तरको सञ्चार राज्यमन्त्री भएका उनी पछि मन्त्री बने ।
गत पुसमा उपेन्द्र यादवको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ओलीले बाँस्कोटालाई नै सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि थपिदिए ।
मन्त्रीका रूपमा बाँस्कोटाले ओलीसँग सम्बन्ध सघन बनाउन थालेपछि ओलीको गुटमा पनि तरंग ल्याएको छ । ओलीलाई साथ दिँदै आएका धेरै नेताको अहिले दूरी बढेको छ । ‘विरोधी र प्रतिस्पर्धीलाई पेल्ने खालको शैली बाँस्कोटाको छ, मन्त्री भएका कारण प्रधानमन्त्रीसँग उनको भेटघाट ज्यादा हुन्छ । उनले नेतृत्वलाई भ्रममा राखेका छन्,’ ओलीलाई नजिकबाट सहयोग गर्ने सांसदसमेत रहेका एक केन्द्रीय सदस्यले भने, ‘अहिले उनैले ओलीलाई अप्ठेरामा पारिदिए ।’ बाँस्कोटा पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत निकट थिए, जसका कारण उनको मनोबल बढेको थियो ।
प्रधानमन्त्रीको सचिवालयमा रहेका केही नेता र बाँस्कोटासमेतका कारण पार्टीका धेरै नेताको ओलीसँग सम्पर्क पनि पातलियो । भेटघाटका क्रममा नेताहरूले ओलीसँग गुनासोसमेत गर्ने गरेका थिए तर गुनासो गर्ने नेताको कुरा ओली सुन्दैनथे । बरु सरकारको प्रतिरक्षा गर्ने एक मात्र सारथि बाँस्कोटा भएको भन्दै प्रशंसा गर्थे ।
केही नेता ओली सरकारलाई बदनाम गराउनमा पनि बाँस्कोटाको भूमिका देख्छन् । विशेष गरी बाँस्कोटाको रुखो बोली र प्रतिक्रियात्मक शैली सार्वजनिक आलोचनाको विषय बन्यो । ‘हरेक नेता आफूपछि नेतृत्वमा आफ्नै अनुहारको छाया देख्न चाहन्छ, त्यस्तै छाया ओलीले बाँस्कोटामा देखेका थिए र त्यहीअनुसार अघि बढाउन खोजे, बढाए,’ एक नेताले भने, ‘तर त्यो प्रत्युत्पादक बन्यो ।’
बाँस्कोटा राजनीतिमा आउनुअघि पत्रकारितामा थिए तर आफ्नो कार्यकालमा सबैभन्दा बढी अनुदार उनी आफ्नै विरादरीप्रति भए । मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक, आमसञ्चार विधेयकलगायतमा उनले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल हुने खालका प्रावधान ल्याए, जसका कारण समग्र सरकार र पार्टी नै रक्षात्मक बन्नुपर्यो । यो कुरा नेकपाको गत महिनाको केन्द्रीय कमिटी बैठकमा पनि उठ्यो । विवादका कारण पछि विधेयकहरू सच्याउनुपर्ने अवस्था आयो । सरकारको प्रवक्ताको हैसियतमा बाँस्कोटा हेरक साता पत्रकार सम्मेलनमार्फत मिडियासामु प्रकट भए । हरेक पटक उनले पत्रकारलाई कुनै न कुनै नैतिकता, मर्यादा र अनुशासनका भाषण सुनाए । पत्रकारका प्रश्नमा ठाडो उत्तर पनि दिए ।
बुधबार सार्वजनिक भएको उनको अडियो टेपमा प्रयुक्त भाषा र पदीय आचरणविपरीतको गतिविधिले भने बाँस्कोटामाथि नैतिक संकट खडा गर्यो । अडियो सार्वजनिक भएको घटना काठमाडौंमा सार्वजनिक हुँदा कञ्चनपुरमा रहेका उनले गलत नगरेको दाबी गर्दै बाहिर आएको विषयको आफैं सामना गर्ने अभिव्यक्ति दिए । बाँस्कोटा पार्टीको मञ्चमा कञ्चनपुरमा भाषण गरिरहँदा यता बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र दाहालको बैठक बस्यो । बाँस्कोटाका विषयमा उनीहरूबीच समीक्षा भयो । यता कांग्रेसले संसद् घेरिसकेको थियो । सामाजिक सञ्जालमा सरकारको विरोध चर्किइसकेको थियो । त्यसैले बाँस्कोटालाई राजीनामा गराउने निकर्षमा ओली र दाहाल पुगे । अपराह्न बाँस्कोटा धनगढीबाट काठमाडौं फर्केर सिधै बालुवाटार गए । प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाए । राजीनामापछि उनले भनेका छन्, ‘मेराबारे प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
मन्त्री बाँस्कोटाको राजीनामापछि बालुवाटारमै प्रधानमन्त्री ओली चिन्तामणि शिवाकोटीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा गए । त्यहाँ उनले बाँस्कोटाको नाम त लिएनन् तर विगतमा पटक पटक बोले जस्तै अभिव्यक्ति दिए, ‘सुशासनका लागि लडिरहेको छु, नजिक टाढाका भनेर कसैलाई छाड्दिनँ।’ कान्तिपुर दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...