×

NMB BANK
NIC ASIA

एआरटी सेवा सदरमुकाम केन्द्रित ःसङ्क्रमितलाई सेवा लिन सकस

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आएका छन् । 

Muktinath Bank

विभेद एवं लाञ्छनाबाट बच्न  उनले बागलुङमा आएर औषधि तथा परामर्श लिन आउने  गर्छन्।  परिवारको कमजोर आर्थिक अवस्थाका हुँदापनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ । उनी भन्छन्, 'एचआइभी सङ्क्रमितलाई स्थानीय सरकारले  स्थानीय तहमा सहयोग गर्नुपर्छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धौलागिरि अञ्चल अस्पतालमा सङ्क्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ ।   टाढाबाट औषधि उपचारका लागि सङ्क्रमित सदरमकुमा आउँदा धेरै खर्च हुने  सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । उहाँका अनुसार जिल्लामा ३९५ एचआइभी सङ्क्रमितले नियमित एआरटी औषधि लिइरहेका छन् । ती मध्ये २० बालबालिका छन् । 


Advertisment
Nabil box
Kumari

अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ । सङ्क्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

केही समयअघि मात्रै सङ्क्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी अर्की एचआइभी सङ्क्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताए। उहाँले यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको जानकारी दिए ।

समूहले सङ्क्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण सङ्कटमा परेको जनाएको छ । मासिकरुपमा यहाँ झण्डै ४० जना सङ्क्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ ।

विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआइभी सङ्क्रमितका लागि त्यति ध्यान नदिएका कारण सङ्क्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए। केन्द्रमा सङ्क्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका सङ्क्रमित बिरामीलाई रेफर प्रदान गरिदै आएको उनले जानकारी दिए ।

पछिल्लो समय सङ्क्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो । अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका सङ्क्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन् । अहिले सङ्क्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x