कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका हुन् ।
किसानले तेस्रो बालीको रुपमा यस क्षेत्रका मेन्था रोप्न थालेका छन् । सो खेतीबाट राम्रो आम्दानी हुनुको साथै अर्को बालीको उत्पादन बढाउनमा समेत सहयोग पुग्ने बताइएको छ ।
टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा यस वर्ष ६० बिघा क्षेत्रफलमा मेन्था खेती विस्तार हुँदैछ । रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने भएकाले किसान यो खेतीमा आकर्षित हुन थालेका हुन् ।
मेन्था खेतीले मलको समेत काम गर्ने भएकोले अर्को बालीलाई समेत फाइदा पुग्ने जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासे बताउँछन्। 'यस वर्ष मेन्था खेती गर्ने किसान र क्षेत्रफल बढेको देखिन्छ । हामीले पनि क्षमता विकास गरेका छौँ ।' उनले भने, 'खेती गर्ने किसान बढ्दै गएपछि हामीले मेन्था प्रशोधन गर्ने मेशिनसमेत थप गरेका छौँ ।'
मेन्था खेतीको लागि अहिलेसम्म ८० जना किसानले तीन टन मेन्थाको सकर लगिसकेको र प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेको कार्यालय प्रमुख बेल्वासेले जानकारी दिए। 'मेन्था माघदेखि चैतको पहिलो साता सम्म रोप्न सकिन्छ ।' उनले भने, 'दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ । यो खेती गर्दा किसानलाई बजारको झण्झट पनि छैन । हामी जति उत्पादन हुन्छ सबै खरिद गरिदिन्छौँ ।'
मेन्था प्रतिकट्ठा छदेखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसको लागि जडीबुटी कार्यालयले किसानलाई बिना लगानी सहुलियत रुपमा मेन्थाको सकर दिने गरेको छ । यसले किसान सहजरुपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको कार्यालयले जनाएको छ ।
टीकापुरको बनागाउंका श्यामल चौधरीले दुई वर्षदेखि मेन्था खेती गरिरहेका छन् । १० कट्ठामा सो खेती गरेका उहाँले यस वर्ष दुई बिघामा खेती गर्दै छन्। 'धान खेती गरे, त्यसपछि तोरी पनि लगाए । अहिले फेरि मेन्था रोप्दैछौँ ।' उनले भने, 'अहिले रोपेको मेन्था जेठमा तयार भइसक्छ । खेत बाँझो राख्नुभन्दा थप आम्दानी लिन सकिन्छ ।'
विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै खेती आएको केन्द्रले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गर्नुपर्ने किसानको माग छ । जानकी गाउँपालिकाका मानबहादुर चौधरीले मेन्थाको उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहित गर्न अनुदान दिन आवश्यक रहेको बताए। दुर्गा देवकोटा,रासस
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...