×

NMB BANK
NIC ASIA

'भूत पार्ट १' फिल्म समीक्षा : यस हरर सिनेमाले खासै तर्साउँदैन

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लगभग १७ वर्षअघि आएको फिल्म रामगोपाल वर्माको फिल्म भूत भारतीय सिनेमाको यादगार हरर फिल्म मानिन्छ । वर्षौंपछि करण जोहरको धर्मा प्रोडक्सनले विकी कौशल जस्तो उम्दा कलाकारलाई राखेर भूत फिल्म ल्याउँदा दर्शकहरू केही नयाँ देख्न पाइन्छ कि भनी सोच्छन् । तर पहिलोपटक निर्देशन गरिरहेका भानुप्रताप सिंहले यस फिल्ममा खासै केही पनि नयाँपन दिन सकेका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

शिपिङ अफिसर पृथ्वी (विकी कौशल) जिन्दगीको एक्लोपन र अवसादबाट मुक्त हुन खोज्दैछ । समुद्रको किनारमा ठूलो जहाज कुनै पनि क्रु मेम्बर विना आफैं आइपुगेको खबर उसले पाउँछ । सेवानिवृत्त हुन लागेका पृथ्वीका हाकिम चाहिँ यस जहाजबाट शीघ्र छुटकारा चाहन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले जहाजको खोजबिन गरिरहँदा पृथ्वीलाई अनौठा अनुभव हुन थाल्छन् । पृथ्वीलाई जहाजमा डर लाग्छ र घरमा पनि डर लाग्न थाल्छ । पृथ्वीलाई सी बर्ड नामक यो जहाजमा भूतप्रेतको छायाँ भएको थाहा लाग्छ । उसले भुताहा जहाजको छानबिन गर्दा भयानक वास्तविकता उजागर हुन्छ । छानबिनका क्रममा पृथ्वीको निजी जिन्दगीको दुःखद पक्ष पनि बाहिर आउँछ । 


Advertisment
Nabil box
Kumari

फिल्म वास्तविक घटनामा आधारित भएको बताइएको छ । फिल्मको पहिलो तर्साउने दृश्यले दर्शकको चित्कार निकाल्छ तर फिल्म अघि बढ्दै जाँदा डर लाग्न छोड्छ ।

Vianet communication
Laxmi Bank

विकी कौशलको निजी जिन्दगीको पक्ष आमिर खानको तलाशको याद दिलाउँछ । फिल्मका केही दृश्यहरू तर्साउने भए पनि तिनमा नवीनता छैन । भूतको मेकअप तर्साउनु साटो हाँसउठ्दो छ । पार्श्व संगीतले डर उत्पन्न गर्छ । तर कमजोर स्क्रीनप्लेका कारण दृश्यहरू दोहोरिरहँदा दर्शकहरूलाई झिँझो लाग्छ । 

हरर फिल्मलाई सशक्त बनाउन कम्प्युटर ग्राफिक्सको उपयोग गरिएको छ तर त्यसमा दक्षता भेटिन्न । दोस्रो हाफमा कथा छितरिन्छ । क्लाइमेक्समा तान्त्रिक मन्त्रहरू पढ्न थालिन्छ जसले फिल्मलाई सामान्य बनाउँछ । फिल्मको अन्त्यमा दोस्रो भाग पनि आउने संकेत दिइएको छ । 

अपराधबोध र अवसादले ग्रस्त पृथ्वीको चरित्रलाई विकी कौशलले कुशलतापूर्वक निर्वाह गरेका छन् । डर र आश्चर्यका दृश्यहरूमा उनी जमेका छन् । क्यामियोमा भूमि पेडनेकरको भूमिका यादगार छ । आशुतोष राणा जस्ता वरिष्ठ कलाकारलाई चाहिँ सदुपयोग गर्न सकिएको छैन । सहायक कलाकारहरूको काम ठीकठाक छ ।

हरर फिल्मको सोख भएकाहरूले हेरे हुन्छ तर फिल्म मिस गर्दा पनि फरक पर्दैन ।

फिल्म : भूत पार्ट १ द हन्टेड शिप
कलाकार : विकी कौशल, आशुतोष राणा, भूमि पेडनेकर आदि
निर्देशक : भानुप्रताप सिंह
विधा : हरर
अवधि : दुई घन्टा १० मिनेट
रेटिङ : २.५/५

नवभारत टाइम्समा प्रकाशित समीक्षा
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x