×

NMB BANK
NIC ASIA

जापानमा आदिवासीहरूलाई ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन नदिइने

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जापानले आफ्ना आदिवासीहरूको अधिकारप्रति प्रतिबद्धता जनाएको भए पनि टोक्योमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिक आयोजकहरूले आइनु आदिवासी समुदायको एक प्रस्तुति रोकेका छन् । ओलम्पिकको ओपनिङ सेरेमोनीमा उनीहरूले प्रस्तुति दिने कार्यक्रम थियो । 

Sagarmatha Cement
Muktinath Bank

आइनु समुदायका मानिस जापानको सबभन्दा उत्तरमा रहेको होक्काइदो टापुका मूल निवासी हुन् र उनीहरूले आफ्नो संस्कृति ओलम्पिक स्टेडियममा देखाउन पाउने आशा गरेका थिए । तर केही दिनअघि मात्र उनीहरूलाई नाच्न नदिइने भनियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दोबस्तीका समस्याका कारण आदिवासीहरूको प्रस्तुतिलाई हटाइएको ओलम्पिक आयोजक कमिटीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारी टीभी एनएचकेले अघिल्लो साता आइनु सेरेमोनियम नृत्य टोक्यो राष्ट्रिय संग्रहालयको सांस्कृतिक प्रदर्शनमा देखाइने भने पनि आइनु प्रतिनिधिहरूले त्यसभन्दा ठूलो मञ्चमा प्रस्तुति दिन पाइने आशा गरेका थिए । 

Vianet communication
Laxmi Bank

‘हामी सबैजना ओलम्पिक स्टेडियममा प्रस्तुति दिने आशा गरिरहेका थियौं,’ आइनु एसोसिएसन अफ होक्काइदोका काजुआकी काइजावाले बताए । तीन वर्षअघि नै ओलम्पिक आयोजकहरूसँग ओपनिङ सेरेमोनीमा आइनुको प्रस्तुति समावेश गरिने चर्चा गरिएको उनले बताए । 

‘हामीहरू आयोजकहरूसँग आइनु संस्कृति ओलम्पिकमा कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौं,’ काइजावाले बताए । आयोजक कमिटीले आफ्नो निर्णयको उचित व्याख्या गर्नुपर्ने उनको भनाइ छ । 

जापान सरकारले हालैका दिनमा आइनु समुदायको हैसियत सुधार्न कदम चालेकोमा यस्तो निर्णय आएको छ । गत वर्षको मे महिनामा संसद्ले एक कानून पारित गरेर आइनुलाई जापानको आदिवासी समुदायका रूपमा वैध पहिचान दिएको थियो । त्यसपछि उनीहरूको सांस्कृतिक पहिचानको संरक्षण गर्ने दायित्व सरकारमा आइपुगेको छ र उनीहरूमाथि रोजगारी, शिक्षा तथा अन्य क्षेत्रमा भेदभाव गर्न प्रतिबन्ध लगाइएको छ । 

सन् २०१७ मा गरिएको सर्वेक्षणमा होक्काइदोमा लगभग १३ हजार आइनु रहेको देखाउँछ तर वास्तविक संख्या निकै माथि रहेको विश्वास गरिएको छ । 

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x