मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
फागुन ९, २०७६
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुस १० र ११ गते आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा खानबस्नमै १६ लाख ८३ हजार ६३५ रुपैयाँ स्वाहा पारेको छ ।
कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्री, कर्मचारी, अन्य व्यक्तिको खानाको लागि मात्रै १४ लाख ४३ हजार ६३५ रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
परिषद्को बैठकले २१ बुँदे घोषणापत्र जारी गरेको थियो । गत वर्ष पनि प्रदेश सरकारले बैठक आयोजना गरेर लाखौं रुपैंया खर्च गरेतापनि उपलब्धि केही नभएको गुनासो स्थानीय तहका जनप्रतिनिधिले गरेका छन् ।
परिषद् बैठकका निर्णय कार्यान्वयन गर्न नसक्ने सरकारले तारे होटलमा कार्यक्रम गरेर लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरण अनुसार वीरेन्द्रनगरमा रहेको सिद्धार्थ होटलमा आयोजित बैठकमा पुस १० गते ४९१ जनाले खाना खाएका थिए ।
बिहानको खाजा, दिउँसोको मासु खाना, साँझको खाना, दिउँसोको चियानास्ता ४९१ जनाले खाएका थिए । बैठकको पहिलो दिन खाजाखानामा प्रतिव्यक्ति १ हजार ६१० रुपैयाँ खर्च भयो ।
दोस्रो दिन पुस ११ गते बिहानको खाजा, दिउँसो मासु खाना, दिउँसोको चियानास्ता ४७५ जनाले खाए । जसको प्रतिव्यक्ति खर्च १ हजार ३७५ रुपैयाँ भयो । १५ जनाका लागि प्रतिदिन ३ हजार रुपैयाँका दरले ३ दिनका लागि कोठा भाडा तिर्दा प्रतिदिन ४५ हजार अर्थात् ३ दिन बराबर १ लाख ३५ हजार रुपैयाँ कोठा भाडा खर्च भएको थियो । विशिष्ट अतिथिका लागि छुट्टै कोठाको व्यवस्था गरिएको थियो । १० जना विशिष्ट अतिथिका लागि प्रतिदिन ३ हजार ५ सयको दरमा ३ दिनसम्म कोठा भाडामा लिइएको थियो ।
विशिष्ट व्यक्तिका लागि कोठा भाडा मात्रै १ लाख ५ हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए तर बैठकमा सहभागी कसैलाई पनि भत्ता नदिइएको उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्माले गरीब प्रदेश भनेर चिनिएको कर्णालीमा खानपिनमै लाखौं सक्नु ठीक नभएको बताए । ‘हामीले जनयुद्धकालमा एकैपल्ट २ हजारभन्दा बढी मान्छेको मेस व्यवस्था गर्थ्यौं । जनयुद्धकै पृष्ठभूमिबाट आएका मुख्यमन्त्रीले सरकारी ढुकुटी जोगाउने उपायतिर लाग्नुपर्छ । कार्यक्रमको खर्च सरल हुनुपर्छ,’ उनले भने, ‘खानपिनभन्दा पनि सरकारी रकम उत्पादनका क्षेत्र कृषि, पशुपालन, विकास, भौतिक संरचना निर्माणमा लगाउनुपर्थ्यो । सरकारले शिक्षा, स्वास्थ्यतिर बजेट खर्च गरोस्, खानपिनमा कम गरोस् । विकास खर्च केही छैन, खानपिनमा बढी खर्च गरेर समृद्धि कसरी आउँछ ?’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो धरातल बिर्सन नहुने बताए । ‘गरीब प्रदेशका मन्त्री बढी सुविधाभोगी भए कि ? खर्च बढी नै भएको देखियो,’ उनले भने, ‘आर्थिक मितव्ययी हुनुपर्नेमा राज्यको ढुकुटी रित्याए जस्तो देखियो । मुख्यमन्त्रीले नै आफ्नो धरातल बिर्सिनुभयो कि ?’
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...