जोडिरहेको फोन चार्जर मुखमा हालेपछि शिशुलाई बिजुलीको झट्का

ब्राजिलको लुकास दो रियो भेर्देमा ६ महिनाकी एक शिशुले सकेटमा जोडिरहेको मोबाइल चार्जरको तार मुखमा हालेपछि बिजुलीको नराम्रो झट्का लागेको छ । 

झट्का अत्यन्तै कडा हुनाले घरको बिजुली नै बन्द भएको थियो अनि शिशुलाई बेहोश बनाएको थियो । 


Advertisement

शिशुको अनुहार र दाहिने हात डढेको छ भने औंलाका टुप्पामा दाग लागेको छ । 

घरमा मोबाइल चार्ज गरिरहेको बेलामा शिशुले फोनमा खेलेको विश्वास गरिएको छ । धातुको यूएसबी कनेक्टरमा जोडिएको तारको पछिल्लो भागलाई उनले टोकेको विश्वास गरिएको छ । 


Advertisement

बेहोश अवस्थाकी शिशुलाई नजिकैको स्वास्थ्य केन्द्रमा दौडाइएको थियो । स्वास्थ्यकर्मीहरूले उनलाई होशमा ल्याएका थिए । 

शिशुलाई लागेको चोटले ज्यान समेत लिनसक्ने बताइएको छ र उनको घाँटीमा जमेको तरल पदार्थ हटाउन शल्यक्रिया गर्नुपरेको छ । 

सघन उपचारका लागि उनलाई साओ लुकास अस्पताल लगिएको छ । 

बिजुलीको झट्का उनको हातमा लागेर चिउँडोबाट निस्किएको चिकित्सक हेलेनो स्ट्रोबेल रोसाले बताइन् । बच्चालाई अस्पताल ल्याउँदा मुटुको चाल र श्वासप्रश्वास अत्यन्तै कम रहेको उनको भनाइ छ ।

शिशुका हजुरबुवा हजुरआमाले शिशु सुतिरहेको ओछ्यानमा मोबाइल फोन चार्ज गरिरहेको बताएको चिकित्सकले जानकारी दिइन् । 

त्यत्रो झट्का लाग्दा पनि शिशु जीवितै रहनु सौभाग्यको कुरा भएको डा रोसाले बताइन् र मोबाएल फोनबट हुने यस्ता दुर्घटनालाई रोक्न सकिने बताइन् । 

शिशुको स्वास्थ्यको अप्डेटमा उनी अस्पतालमै रहेको र अहिले खतरामुक्त रहेको बताइएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्