सरसफाइ प्राविधिक घुस मागेको अभियोगमा पक्राउ

खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।


Advertisement

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीवार पक्राउ गरिएको भएपनि अनुसन्धान बाँकी रहेकाले शुक्रवार सार्वजनिक गरिएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो ।


Advertisement

कमेन्ट गर्नुहोस्