×

NMB BANK
NIC ASIA

'शुभ मंगल ज्यादा सावधान' फिल्म समीक्षा : हास्यमाथि व्यंग्य भारी !

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शुभ मंगल ज्यादा सावधान समलैंगिक सम्बन्धलाई सहानुभूतिपूर्ण तरिकाले देखाउने दुर्लभ हिन्दी फिल्म हो । समलिंगी सम्बन्धलाई फायर, कपूर यान्ड सन्स, माई ब्रदर निखिल, अलीगढ र एक लडकी को देखा तो ऐसा लगा लगायतका फिल्ममा संवेदनशीलताका साथ देखाइएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

यसमा फिल्ममा समलिंगी पात्रहरूमा कुनै अपराधबोध छैन । फिल्ममा उत्पन्न व्यंग्य मुख्य कलाकारहरूलाई सहकलाकारबाट आउने प्रतिक्रियामा भेटिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुष्मान खुरानाका फिल्महरू हिट हुनुमा युवाहरूप्रति उनको लगाव नै प्रमुख कारण हो । त्यस लगावलाई उनले नयाँ फिल्ममा झनै सशक्त रूपमा पस्किएका छन् । 


Advertisment
Nabil box
Kumari

फिल्मको कथा कार्तिक र अमनको प्रेम वरिपरि घुम्छ । यी दुईजनाको प्रेम सार्वजनिक भएपछि परिवारमा मच्चिएको हंगामा नै कथाको केन्द्रविन्दु हो । 

Vianet communication
Laxmi Bank

निर्देशक हितेश केवल्यले फिल्मका हरेक पात्रलाई कथामा महत्त्व दिने हिसाबमा लेखेका छन् । तर फिल्मको पटकथा अझै राम्रो भएको भए अनि यसको सम्पादन चुस्त भएको भए यो एक कालजयी फिल्म बन्न सक्थ्यो । 

तैपनि आयुष्मान र उनका जितेन्द्रले फिल्ममा पूरा मेहनत गरेका छन् । जितेन्द्रले फिल्ममा आयुष्मानलाई पछि पारेका छन् । अनेकौं दृश्यमा उनी हावी भएका छन् । 

फिल्ममा गजराज राव र नीना गुप्ताको जोडीले अघिल्लो फिल्म बधाई होको केमिस्ट्रीलाई अघि बढाउने कोशिश गरेका छन् तर गजराजले अलिक लाउड अभिनय गरेकाले अघिल्लो फिल्मको जस्तो मज्जा आउँदैन । काकाकाकीको भूमिकामा मनुऋषि र सुनीताको जोडी गजराज र नीनाको भन्दा राम्रो जमेको छ । अनि मानवी घघरु र पंखुडी अवस्थीले पनि आफ्नो भूमिकाले दर्शकलाई प्रभावित पारेका छन् ।

फिल्मले हसाउने कोशिश त गर्छ तर तमाम जोकका बावजूद फिल्मले दर्शकमा अमिट छाप छोड्न सक्दैन । आयुष्मानका पछिल्ला फिल्महरूमा कन्टेन्ट बलिया त थिए नै अनि उनको ब्रान्ड भ्याल्यु पनि बढेको थियो तर उनले अब सतर्क हुन जरूरी छ । नयाँ बाटो बनाउने धुनमा उनले बाटो नै बिराउने सम्भावना रहेकाले उनी सचेत हुन जरूरी छ ।

फिल्म : शुभ मंगल ज्यादा सावधान
कलाकार : आयुष्मान खुराना, जितेन्द्र कुमार, गजराज राव, नीना गुप्ता, मनुऋषि चड्डा, सुनीता, मानवी आदि 
निर्देशक : हितेश केवल्य
रेटिङ :३/५

अमर उजालामा प्रकाशित पंकज शुक्लको समीक्षा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x