बुटवलमा मगर एकता दिवस

बुटवलमा ३८ औं मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिले विगतका वर्षहरूमा जस्तै साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो । 


Advertisement

२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगरहरुको एकताबद्ध हुँदै प्रथम राष्ट्रिय भेलासँगै यो दिवस मनाउँदै आइएको छ । दिवसकै अवसरमा पारेर समितिले शुक्रबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । त्यस्तै शनिबार बुटवल सुख्खानगरस्थित संघका कार्यालयमा रक्तदान कार्यक्रम राखिएको छ ।

फागुन ११ गते भोजनदान राखिएको छ । अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार तिलोत्तमा डिंगरनगरमा राखिएको हो । मूल समारोह फागुन १५ गते बुटवल बहुमुखी क्याम्पसको प्राङगणमा हुनेछ । त्यसको लागि बसपार्कबाट र्‍याली जाने अध्यक्ष थर्कबहादुर बारघरे मगरले जानकारी दिए । 


Advertisement

बारघरेले दिवसलाई मगर लगायत सिंगो राष्ट्रको पहिचान र समृद्धिका लागि एक आन्दोलनकै रुपमा मनाउन लागेको जानकारी दिए । समितिका सचिब हेमन्त बुढाथोकीले राज्यका हरेक संरचनामा पूर्ण समावेशी सिद्धान्त लागू गर्नुपर्ने बताए ।

प्रदेश पाँचलाई मगरात प्रदेश नामाकरण, मगर भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग, विद्यालयका मगर भाषामा शिक्षाको व्यवस्था लागू हुनुपर्ने समितिको माग छ । समितिका उपाध्यक्ष बसन्ती साठीघरेले मौलिक र सांस्कृतिक पर्वहरुमा राज्यले सार्वजनिक विदाको व्यवस्था गनुपर्ने बताइन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्