×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशको राजधानीमा फागुन ६ गतेदेखि चलिरहेको कर्णाली एक्स्पोमा सिस्नुको चाउचाउ बिक्री भइरहेको छ । स्टल नम्बर ५७ मा हुम्लाको सिमिकोट गाउँपालिकाको सुवर्ण सिमिकोट खाद्य उद्योगले उत्पादन गरेको चाउचाउ बिक्रीमा राखिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

एक सय रुपैयाँ मूल्य तोकिएको उक्त चाउचाउ सुर्खेतमा पहिलो पटक बिक्रीका लागि ल्याएको युवा उद्यमी उपेन्द्र रोकायाले जानकारी दिए । दश वर्षअघि सिमिकोटमा कर्णालीका अर्गानिक उत्पादनलाई खाद्य वस्तुमा रुपान्तरण गर्ने र बिक्री वितरण गर्ने उदेश्यका साथ खोलिएको उक्त उद्योगमा विभिन्न खाद्य परिकार उत्पादन भइरहेको रोकायाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिस्नुको पाउडर, विस्कुट, चाउचाउ पनि बनाएर बिक्री गरेका छौं,’ उनले भने, ‘अन्य चाउचाउ जस्तै पकाएर यसलाई खान सकिन्छ । अर्गानिक भएका कारण यसको मूल्य एक सय रुपैयाँ प्रतिप्याकेट राखेका छौं ।’


Advertisment
Nabil box
Kumari

विज्ञान संकाय लिएर आइएस्सी अध्ययन गरेका उपेन्द्र अहिले २९ वर्षका भएका छन् । वार्षिक रुपमा उद्योगले ६० लाख भन्दा बढीको कारोवार गर्दै आइरहेको बताउने रोकायाले कम्तिमा पनि १६ लाख जति शुद्ध मुनाफा गरिरहेको बताए ।

Vianet communication
Laxmi Bank

‘विभिन्न जडिबुटीबाट गुणस्तरीय तेल पनि उत्पादन गर्दै आइरहेका छौं । हुम्लामा पाँच सय रुपैयाँ लिटरका दरले बिक्री गर्छौं भने काठमाडौंमा एक हजार रुपैंया पर्न जान्छ । चुली, ढोटेलोजस्ता वनस्पतिबाट तेल उत्पादन गर्दै आइरहेका छौं,’ उनले भने, ‘यसका अलावा हामीले उद्योगबाट फापरको बिस्कुट, पिठो, हर्लिक्स, जौको हर्लिक्स, पोषण पिठो, पोषण सातु, मिठो फापरको केक, कुकिज, चिनोको बिस्कुट, पोषण सातुजस्ता परिकारहरुको उत्पादन गर्दै आइरहेका छौं ।’

सडक यातायातको सहज पहुँच नभएको र जहाजबाट बाहिर पठाउनुपर्ने भएका कारण हुम्लामा उत्पादित खाद्य व\स्तु महँगो लाग्ने गरेको उनको भनाइ छ ।

‘मैले पाँच जनालाई पूर्ण रोजगारी दिएको छु । केही व्यक्ति ज्यालादारीमा पनि कहिलेकाहीं काममा लगाउने गरेको छु । पोखरा र काठमाडौं हाम्रो मुख्य बजार हो । जहाजबाट लैजाँदा केहि महँगो पर्ने गरेतापनि पूर्ण रुपमा अर्गानिक उत्पादन भएका कारण बजारमा माग बढिरहेको छ, तरपनि भनेजति पुर्याउन सकिएको छैन,’ उनले भने ।

उनले व्यापार राम्रै भइरहेको बताए । उनले भने, ‘सरकारले अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भनेको सुनेको थिएँ । लगानी बढाउन सकेको खण्डमा यसलाई थप गुणस्तरीय बनाउन सकिन्थ्यो ।’

प्रदेश सरकारले हालसम्म दिएका अधिकांश अनुदान कार्यकर्तामुखी भएको आरोप उनले लगाए । ‘काम गर्ने र खानेलाई अनुदान दिइँदैन,’ उनले भने, ‘१० वर्ष देखि मैले बैंकबाट चर्को ब्याजमा ऋण गरेर उद्योग चलाइरहेको छु । टाठा बाठा र पहुँचवालाले मात्रै अनुदान लिएका छन् । उनीहरुले न त उत्पादन गरेका छन् न त अन्य कुनै सहि स्थानमा लगानी गरेका छन् ।’

उनले हालसम्म आफूजस्ता हुम्लाका उद्यमीले सरकारबाट एक सुको पनि सहयोग नपाएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x