पोखरामा कार दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते

file photo

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, कालीमाटीमा कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।

स्याङ्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१ च. ७७६३ नम्बरको कार शुक्रबार बेलुका दुर्घटना हुँदा कारमा सवार पोखरा–१७, बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको मृृत्यु भएको हो ।


Advertisement

दुर्घटनामा घाइते भएका उनका नावालक बच्चाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

त्यस्तै घाइते हुनेमा तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापा छन् ।


Advertisement

उनीहरुको भने नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । गुल्मी घर भएका कारचालक २८ वर्षीय शिव पाण्डे भने सामान्य छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

तीव्रगतिमा रहेको सो कार सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्